फागुन १२ देखि औद्योगिक प्रदर्शनी हुने



काठमाडौं । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा फागुन १२ देखि १७ सम्म २८ औं औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।

‘मेड ईन नेपाल गौरव गरौ, स्वदेशी वस्तु प्रयोग गरौं‘ भन्ने नाराका साथ आयोजना हुन लागेको सो प्रर्दशनीमा ७५ जिल्लाका लघु, घरेलु तथा साना उद्यमीहरु सहभागी हुने छन् । मेलामा एउटै छानामुनीवाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको घरेलु तथा साना उद्योग विकास समितिका प्रवक्ता एंव उप कार्यकारी निर्देशक राजेन्द्र मिश्रले बताए ।

प्रदर्शनीको माध्यमवाट उद्यमीलाई आफ्ना विविध वस्तु प्रदर्शन तथा विक्रीका माध्यमवाट अत्यधीक फाईदा पुग्ने अपेक्षा गरिएको छ । प्रर्दशनीमा प्राकृतिक रेशावाट उत्पादीत कपडा र विविध वस्तुहरु, सुर्खेत जाजरकोटको किमती पत्थर, सिस्नुको पाउडर,जडीवुटी वाँसका कपडा तथा विविध वस्तुहरु, मिथिला आर्ट प्रमुख आकर्षकको रुपमा रहने छन् ।


क्लिकमान्डु