केएल टावरमा शुरु भयो विग सेल कार्निभल, ग्राहकतान्न छुटको अफर




राजधानीको चाबहिलस्थित केएल टावरमा बुधबारदेखि विग सेल कार्निभल इभेन्ट सुरु भएको छ । तीन साता चल्ने कार्निभल अवधिभर ग्राहकहरुले विभिन्न सामाग्रीको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने कम्पनीले जानकारी दिएको छ ।

माघ १२ गतेबाट सुरु भएको विग सेल कार्निभल फागुन ७ गतेसम्म चल्नेछ । उक्त अवधिमा के एल टावरमा सपिङ गर्ने ग्राहकले लत्ताकपडा, जुत्ता, चम्पल, चस्मा, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइने इभेन्ट संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।

कार्निभल अवधिभर केएल टावरमा विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् । जसमा बालबालिका र परिवारलाई दैनिक रुपमा उपहार, नि शुल्क फेस पेन्टिङ,फेशन सो, गेम सो, फ्रि नेल आर्ट, फ्रि फोटो सुट तथा विभिन्न सांगितिक कार्यक्रमहरु समेत आयोजना गरिने कम्पनीले जानकारी दिएको छ ।

टावरमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, मल्टिप्लेक्स, फूड कोर्ट र बलिङ एण्ड गेम जोन समेत संचालनमा रहेका छन् । साढे दश तले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् ।


क्लिकमान्डु