प्रिमियर इन्स्योरेन्सले एफपिओ जारी गर्ने, मुल्य प्रतिकित्ता १ हजार ४ रुपैयाँ



प्रिमियर इन्स्योरेन्स कम्पनीले १ सय रुपैयाँको बेस प्राइसमा ९ सय ४ रुपैयाँ प्रिमियम जोडेर १ हजार ४ रुपैयाँमा ६ लाख ९५ हजार ५ सय ६५ कित्ता एफपिओ सेयर जारी गर्ने भएको छ ।

कम्पनीले एफपिओ निकाल्नको लागि तयार पारिएको प्रक्षेपित विवरण तथा वास्तविक विवरणमा २० प्रतिशत भन्दा बढि बिचलन देखिएमा सोको कारण सहित सार्वजनिक पत्रपत्रिकामा प्रकाशित गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेको छ ।

कम्पनीको ०७२÷७३ को बित्तीय बिवरण अनुसार ३७ करोड ३७ लाख ५३ हजार २ सय २० रुपैयाँ चुक्ता पूँजी छ । यो एफपिओ पछि कम्पनीको चुक्ता पूँजीमा करीब ७ करोड बराबरको रकम थपिने छ ।


क्लिकमान्डु