ललितपुरमा मोबाइल एक्सपो हुँदै, माेबाइल खरिदमा ७० प्रतिशतसम्म छुट दिर्इने



काठमाडौं । ललितपुरको आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्स्पो २०१७ आयोजना गर्ने भएकाे छ । यहि माघ १४ गतेदेखि मोबाइल मेला आयोजना गर्न लागेको कम्प्लेक्सले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

‘मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर’ भन्ने मुल नाराका साथ ग्राहकहरुलाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने गरि यहि माघ १४ गतेदेखि माघ २२ गतेसम्म मोबाइल महोत्सव आयोजना गर्न लागेको बताएको छ ।

मोबाइल कम्प्लेक्समा न्यूनतम रु.१ हजारदेखि रु.१ लाख ४० हजार सम्मका विभिन्न ब्राण्डका फोनहरु उपलब्ध हुने जानकारी दियो ।

जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्सपो २०१७ मा जोप्पोको कलर एफ ५, ह्वावेको जिआर ५ २०१७, सामसंगको सि नाइन प्रो, जियोनीको एस सिक्स एस, लाभाको ए३, कलर्सको पि ८५ प्लस, डिटिसीको गियर म्याक्स, ओबीआईको एस एफ १.५, जेडटिईको एक्सजोन मिनी, ओप्पोको एफ वान एस मोडलका स्मार्टफोनहरु प्रदर्शन तथा बिक्रीका लागि राखिनेछ । यसका साथै एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस पनि मोबाइल महोत्सवको आकर्षणको केन्द्रमा हुने कम्प्लक्सले जानकारी दियो ।

कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि अंग्रेजी नयाँ वर्षको अवसरलाई आकर्षक बनाउन योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । ‘हामीले यो कम्प्लेक्समा ग्राहकलाई ब्राण्डेड मोबाइल मात्र बिक्री गर्ने हुँदा ग्राहकहरु हामीकहाँ नियमित आउने गर्दछन्,’ उनले भने, ‘अब ग्राहकहरुले मोबाइल खरिद गर्दा गुणस्तर र आधिकारिक बिल भएको मोबाइल मात्र खरिद गर्नुपर्ने हुन्छ ।’

जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्सपो २०१७ मा हरेक ग्राहकहरुलाई ५ देखि ७० प्रतिशतसम्मको छुट दिर्इने र माइक्रोसफ्ट स्मार्टफोनको हरेक मोबाइल खरिदमा अर्को मोबाइल फ्रि दिने छ । त्यसैगरी अन्य स्मार्टफोनहरुको खरिदमा पावर ब्यांक, सेल्फी स्टीक, ब्लूटूथ स्पीकर उपहारमा प्राप्त गर्न सक्ने बताइएकाे छ ।

मोबाइल मेलाको अवधिभर कम्प्लेक्सलमा करिब ३ लाख ग्राहकहरुले मेला अवलोकन गर्ने अनुमान गरिएको छ भने ५ करोड रुपैंया बराबरको कारोबार हुने कम्प्लेक्सले जानकारी दिएको छ ।


क्लिकमान्डु