नेपाल लाइफको सेयरमा ५२ अर्बको आवेदन




काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको फर्दर पब्लिक अफरिङ (एफपियो) मा ५१ अर्ब ८८ करोड रुपैयाँको आवेदन परेको छ ।

गत बुधवारदेखि शुक्रवारसम्म १५ अर्ब रुपैयाँ बराबरको आवेदन परेमोमा अन्तिम दिन आइतवार ३६ अर्ब रुपैयाँको आवेदन परेको थियो ।

१४ सय २५ रुपैयाँ प्रिमियमको दरले नेपाल लाइफले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपियो निष्कासन गरेको थियो । एफपिओ निष्कासन पछि कम्पनीमा संस्थापकको स्वामित्व ७० प्रतिशत र सर्वसाधरणको ४० प्रतिशत हुने छ ।


क्लिकमान्डु