महासंघ अध्यक्ष मुरारका भन्छन्ः परिस्थितिले उद्योग छाडेर व्यापार गर्ने बनायो




काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकारले उद्योगीलाई परिस्थितिको कारण उद्योग छाडेर व्यापार गर्ने बनाएको बताएका छन् ।

महासंघले आज (सोमबार) उद्योग मन्त्री नविन्द्रराज जोशीसँग गरेको समसामहिक बिषयको छलफलमा मुरारकाले पछिल्लो समयमा उद्योगीहरु उद्योग छाडेर व्यापारमा लागे भन्ने आरोप लागेपनि यो परिस्थितिको उपज भएको बताएका हुन् ।

‘उद्योगीहरु अहिले पनि उद्योग नै गर्न चाहन्छन्, तर उद्योग गर्नेको समस्या बुझिदिने निकाय नै छैन,’ उनले भने । बन, भूमिसुधार र वातावरण मन्त्रालयसँग सम्बन्धित समस्याले उद्योग गर्न समस्या भएको उनको भनाइ छ ।

उद्योग मन्त्री नबिन्द्रराज जोशीले व्यवसायीलाई समस्या भएको क्षेत्र बताउन आग्रह गर्दै समस्या समाधानको लागि आफु तयार रहेको बताए ।

‘उद्योग क्षेत्रमा कुन ठाउँमा के समस्या रहेको छ त्यो लिएर आउनुहोस्, मन्त्रालय समाधान गर्न तयार छ,’ मन्त्री जोशीले भने । देश विकासको लागि औद्योगिकरण गरेर जाने तयारीमा सरकार रहेको भन्दै उनले समस्या भएको क्षेत्रमा सहयोग गरेर सरकारले सहजकर्ता बन्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।


क्लिकमान्डु