रत्न पत्थर उत्खननमा जुटे डोटीबासी

क्लिकमान्डु २०७३ पुष १३ गते ११:०२ मा प्रकाशित

डोटी । नेपालमा पाइने बहुमूल्य रत्न पत्थर कुनै न कुनै किसिमले चोरी–निकासी भइरहेका बेला यसलाई रोक्न र उत्खनन गर्न पहल सुरु भएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति डोटीले जिल्लाका विभिन्न स्थानमा रहेका नदी, पहाडी र लेकाली क्षेत्रमा पाइने रत्न पत्थरका विषयमा तीनमहिने तालिम दिन सुरु गरिएको छ ।

देशमा बेरोजगारी समस्या बढ्दै गएका बेला यस्ता आधारभूत तालिमले यहाँका जनताको जीवनस्तर उकास्नमा थप टेवा मिल्ने समितिका कार्यकारी निर्देशक माधव सुवेदीले बताए ।

गत वर्ष पनि समितिले जिल्लामा सो सम्बन्धी तालिम सञ्चालन गरेको थियो । सो तालिमले धेरैलाई सीप प्रदान गरी आत्मनिर्भर गराउने डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताए ।

रत्न पत्थरसम्बन्धी जानकारी नहुँदा यहाँका बहुमूल्य ढुङ्गा गिट्टी, बालुवामा परिणत भएको तथा भारतीय नाकाद्वारा चोरी–निकासी भइरहेको पत्रकार मिलन परियार बताउँछन् । उनले भारतीयहरु नेपालमा आई बहुमूल्य ढुङ्गा चिनेर नम्बर हाल्ने र यहाँका केही व्यक्तिको संलग्नतामा निकासी गर्ने प्रति पनि सजग हुनुपर्नेमा जोड दिए । रासस

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स