उद्योग मन्त्रीलाई व्यवसायीले भने, नीतिगत स्थायित्व भएमात्र लगानी आउँछ



उद्योग मन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रलाई कसरी प्रोत्साहीत गर्न सकिन्छ भन्नेमा सरकार कृयाशिल रहेको बताएका छन् । नेपालमा लगानी गरिरहेका निजी क्षेत्रका उद्योगीहरु सँगको छलफलमा मन्त्री जोशीले लगानीकर्ताहरुको लगानीलाई सुरक्षित गर्न कानुनी रुपमा नै प्रत्याभूत गर्न सरकार कृयाशिल रहेको बताए ।

सरकारले विषेश आर्थिक क्षेत्र सम्वन्धि ऐन र कार्यविधि समेत पारित गरिसेकेको औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन पारित भै विनियमावली बन्ने चरणमा रहेको, खानी नियमावलीमा समसामयिक सुधार गरिएको, कम्पनी ऐन संसदमा छलफलमा रहेको, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन आगामी २ हप्ता भित्र मन्त्रिपरिषद्मा पेश गर्ने तयारी भईरहेको र वौद्धिक सम्पत्ति सम्वन्धी ऐन मस्यौदाको क्रममा रहेको उद्योग मन्त्री जोशीले बताए ।

छलफलमा उद्योगिहरुले समग्र औद्योगिक वातावरणमा सुधार नभएसम्म थप लगानी आउन नसक्ने बताए ।

उद्योग मन्त्रालयले अहिले ल्याएका ऐनहरुको प्रशंसा गर्दै उहाँहरुले यसका साथसाथै श्रम ऐन, सामाजिक सुरक्षा सम्वन्धि ऐन र वातावरण मैत्री ऐन पनि उद्योग मैत्री हुन जरुरी रहेको बताए ।
नेपालको अर्थतन्त्रको मोडेल कस्तोहुने भन्नेमा अन्यौलता रहेको भन्दै निजी क्षेत्रका प्रतिनिधिहरुले उद्योगका लागि जग्गा प्राप्ति प्रमुख समस्याको रुपमा रहेको बताएका थिए ।

अन्य मूलुकमा उद्योग बर्ष दिनमा ३३० दिन चल्ने तर नेपालमा २५० दिन भन्दा बढि नचल्ने भन्दै उनिहरुले सरकारी विदाको संख्या घटाउन माग गरे ।
एउटा नियमले प्रदान गरेको सुविधा अर्को नियमले काट्ने गरेको भन्दै निजी क्षेत्रका प्रतिनिधिहरुले नितीगत स्थायित्व हुनुपर्ने माग गरेका थिए ।


क्लिकमान्डु