नेबिको ‘ट्रेकर्स च्वाईस’ बिस्कुट बजारमा, मुल्य २० रुपैयाँ



काठमाडौं । नेबिको बिस्कुट तथा कन्फेक्सनरी उत्पादक कम्पनीले ‘ट्रेकर्स च्वाईस’ आटा बिस्कुट सार्वजनिक गरेको छ ।

विगत ५२ वर्ष नेपालमा बिस्कुट उत्पादन गरिरहेको नेबिको बिस्कुट बिहीबार ट्रेकर्स च्वाईस आटा बिस्कुट सार्वजनिक गरेको हो । बिस्कुटले पाचन
प्रणालीलाई सहजिकरण गर्ने कम्पनीले बताएको छ ।

बदाम, तिल, जौ, ब्रान, आटा र डाइटरी फाइबरको समिश्रण रहेको बिस्कुटको मुल्य २० रुपैयाँ र तौल ९० ग्राम रहेको कम्पनीले बताएको छ ।

कम्पनीले आगामी दिनमा विभिन्न प्रकारणका पोषण तथा स्वास्थ्यवर्धक उत्पादनहरु बजारमा ल्याउने बताएको छ ।


पुष्प दुलाल