कस्तो अवस्थामा सेयर बजार बढ्छ ? कस्तो अवस्थामा घट्छ ?



काठमाडौं । पछिल्ला केहि महिनामा नेपाली सेयर बजारमा आएको उतारचढाबले नयाँ लगानीकर्ताहरु निकै तनाबमा छन् ।

ठूला र टाठाबाठा लगानीकर्ताहरु भने बजार घट्न थालेपछि सेयर बेचेर बाहिरिसकेका छन् । जसको प्रभावले अझै केही महिना सेयर बजार सूचक नेप्से नबढ्ने विश्लेषकहरुको ठम्याई छ ।

बढ्दो बजारमा सेयर खरिद गरेका नयाँ र साना लगानीकर्ताहरु लगातारजसो बजार घट्न थालेपछि आत्तिएका छन् । वास्तवमा सेयर बजारमा यस्तो उतारचढाव सामान्य प्रवृत्ति हो । विश्वभर सेयर बजारले यही प्रवृत्ति समातेको हुन्छ ।

तर, नेपालमा भने कहिलेकाहीँ अस्वभाविक उतारचढाब हुँदा त्यसले लगानीकर्ताहरुलाई चिन्तित बनाउने गरेको छ ।

नेपाली सेयर बजारले इतिहासका विभिन्न कालखण्डमा कहिले, किन र कसरी यस्ता उतारचढाबहरुको सामना गर्यो भनेर लगानीकर्ताहरुलाई जानकारी दिने उद्देश्यले यो लेख तयार गरिएको हो ।

लेखको मूख्य उद्देश्य लगानीकर्तालाइ इतिहासको विश्लेषण गरि वर्तमानमा निर्णय गर्न सजिलो होस् भन्ने नै हो ।

नेपाली सेयर बजार अहिले सुरुवाती अवस्थामा नै छ । हाल करिब २ सय ५० हाराहारी कम्पनी सूचिकृत छन् भने बजार पूँजीकरण करिब १४/१५ खर्ब रुपैयाँ पुगेको छ । बजारको करिब ७० प्रतिशत बैंक तथा वित्तीय क्षेत्रले ओगटेको छ । त्यस्तै, १२/१३ प्रतिशत बजारहिस्सा बीमाले ओगटेको छ ।

सेयर बजारलाई सामान्यतया लगानीकर्ताले मुद्रास्फिति (मुल्य वृद्धिका कारण पैसाको क्रय शक्ति घट्नु) विरुद्ध लड्ने ढालकारुपमा प्रयोग गर्ने गरेको पाइन्छ । मुद्रास्फिति बढ्दा र कम ब्याजदरमा पैसा उपलब्ध हुँदा नेप्से बढेको पाइन्छ भने उल्टो अवस्थामा घटेको ।

नेपाली सेयर बजारको सुरुवाती बर्षहरु सन् १९९४ देखि १९९९ सम्म नेप्से परिसुचक २०० को वरिपरीनै घुमिर¥यो । सन् २००० बाट भने नेप्सेमा केहि उतारचढाव आउन थाल्यो । सो बर्षको अन्ततिर नेप्से ३ गुणाले बढेर ६०० अंक हाराहारीसम्म पुग्यो । यसरी बढेको बजार एक बर्ष पुग्दा नपुग्दै पुरानै ठाउँ अर्थात् २०० मै फर्कियो । सन् २००४ पछि बजार फेरि चञ्चल हुन थाल्यो । र, २००८-२००९ सम्म आइपुग्दा ११७५ सम्म पुग्यो । नेपाली मिति अनुसार २०६५ भदौ १५ गते नेप्सेले ११७५ अंक चुमेको थियो ।

यसरी कैंयौ लगानीकर्तालाई करोडपती बनाउँदै अघि बढेको बजार फेरी हजारौं लगानीकर्ताहरुलाई रोडपती बनाउँदै सन् २०११-१२ मा २७० हाराहारीसम्म झर्यो ।

त्यसपछि नेप्से सामन्य अंकले बढेर ७०० अंकको हाराहारीमा पुगेको थियो । नेपाल राष्ट्र बैंकले ०७२ साउन ७ गते सार्वजानिक गरेका मौद्रिक नीतिमा ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ४ गुणले बढाएर ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था ग¥यो । त्यसैगरी, राष्ट्रियस्तरका विकास बैंकहरुको २ अर्ब ५० करोड ४ देखि १० जिल्ले विकास बैंकको १ अर्ब, १ देखि ३ जिल्ले विकास बैंकको ५० करोड र फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी ८० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था ग¥यो ।

०७२ भदौ महिनामै त्यसहघि अर्थात् ०६५ भदौ १५ गतेको नेप्सेको एतिहासिक विन्दू ११७५ अंकलाई उछिनेर १२०० अंघ नाघ्यो । त्यसपछि लगातार बुलिस ट्रेन्ड पकडेर १८८१ अंकको इतिहास रचेको नेप्से सूचक केही महिनायता घट्दो अर्थात् बियरिस ट्रेन्डमा छ ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले ¥याडिसन होटलमा दिउसो साढे २ बजे मौद्रिक नीति सार्वजानिक गरेका थिए । गभर्नरले मौद्रिक नीति सार्वजानिक गरिरहँदा त्यसको प्रभावस्वरुप २० मिनेटको काराबार अविधिमै नेप्से सूचक ४० अंकले बढेको थियो ।

राष्ट्र बैंकले पुँजी वृद्धिको घोषणा गरेपछि बोनस सेयर पाउने विश्वाससहित लगानीकर्ताहरु सेयर किन्न आकर्षित भए । जसकारण नेप्से सूचक लगातार बढ्यो । ०७२ भदौ महिनामै त्यसहघि अर्थात् ०६५ भदौ १५ गतेको नेप्सेको एतिहासिक विन्दू ११७५ अंकलाई उछिनेर १२०० अंघ नाघ्यो । त्यसपछि लगातार बुलिस ट्रेन्ड पकडेर १८८१ अंकको इतिहास रचेको नेप्से सूचक केही महिनायता घट्दो अर्थात् बियरिस ट्रेन्डमा छ ।

यस्तो घटाई कतिसम्म पुगेर रोकिन्छ वा फेरि बढ्न सुरु गर्छ भन्ने कुरा कसैले पनि ठ्याक्कै भन्न सक्ने विषय होइन । बजारमा चल्ने विभिन्न हल्लाको पछि लाग्दा नयाँ लगानीकर्ता झनै फस्न सक्ने हुन्छ । त्यसैले, इतिहासका घटबढलाई समेत पृष्ठभुमिमा राखेर बजार कस्तो अवस्थामा बढ्छ वा घट्छ भन्ने कुराको आधारभुत जानकारी राखेर निर्णय गर्नसक्ने लगानीकर्ताले यस्तो उत्तारचढाबबाट आत्तिनु पर्दैन ।

कस्तो अवस्थामा सेयर बजार घट्छ वा बढ्छ ?

सेयर बजार एकदमै संवेदनशील र चञ्चल बजार हो । सामान्यतया यसको महंगी र नगद प्रवाहसँग सकारात्मक सम्बन्ध हुन्छ भने ब्याजदर सगँ नकारात्मक ।

सेयर बजारलाई सामान्यतया लगानीकर्ताले मुद्रास्फिति (मुल्य वृद्धिका कारण पैसाको क्रय शक्ति घट्नु) विरुद्ध लड्ने ढालकारुपमा प्रयोग गर्ने गरेको पाइन्छ । मुद्रास्फिति बढ्दा र कम ब्याजदरमा पैसा उपलब्ध हुँदा नेप्से बढेको पाइन्छ भने उल्टो अवस्थामा घटेको ।

अहिले संविधान कार्यान्वयनमा केही जटिलता देखिएको छ । अवश्य पनि त्यसको प्रभाव सेयर बजारमा देखिन्छ नै ।

उदाहरणको लागि हाल गत बर्षको कात्तिक महिनाको तुलनामा यो कात्तिमा मुद्रास्फितिको वृद्धिदर १२ प्रतिशतबाट ४.८ प्रतिशतमा झरेको छ । त्यसतै, विकास खर्च नबढ्नु, पुनर्निर्माण सन्तोषजनकरुपमा नहुनु र रेमिटान्स पनि घटेका कारण वित्तीय बजारमा तरलता (लगानी योग्य पुँजी) को अभाव भएको छ । त्यसैले महिनायता बैंकहरुले पनि ब्याजदर बढाएका छन् । यस्तो अवस्थामा नेप्से घट्नु स्वभाविक नै हो ।

त्यसैगरी, राजनीति अवस्थाले पनि नेप्सेमा प्रभाव पार्दै आएको छ । राजनीति सकरात्मक दिशातर्फ अघि बढ्दा नेप्से बढ्ने र नकरात्मक दिशातर्फ जाँदा नेप्से घट्दै आएको छ । जस्तो, पोहोर साल नाकाबन्दीबा बाबजुत पनि मुलकले नयाँ संविधान पायो । जसले सकरात्मक राजनीतिक माहोल निर्माण ग¥यो । त्यसको सकरात्मक प्रभावस्वरुप पनि नेप्सेले पनि सकरात्मक गति लिएको हो ।

तर, अहिले संविधान कार्यान्वयनमा केही जटिलता देखिएको छ । अवश्य पनि त्यसको प्रभाव सेयर बजारमा देखिन्छ नै ।

नेप्सेको ठूलो हिस्सा बैंक तथा वित्तीय क्षेत्रले ओगटेका कारण नेपाल राष्ट्र बैंकको नीतिहरु पनि नेप्से घटबढको प्रमुख कारण बन्ने गरेको छ । अघिल्लो वर्ष राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी बढाउने घोषणा गरेपछि सो नीतिको प्रभावमा सेयर बजारमा उछाल आएको थियो । तर अहिले राष्ट्र बैंकले यो वर्ष त्यस्ता नीतिहरु ल्याएको छैन र ल्याउने संभावना पनि देखिँदैन ।

लगानीकर्ता र बिशेषगरी नयाँ लगानीकर्ताले ऐतिहासिकरुपमा नेप्सेलाई प्रभाव पार्दै आएका विभिन्न कुराहरुको बिश्लेषण गर्दै निर्णय गर्नु नै बुद्धिमत्तापूर्ण हुन्छ ।

देशको बृहत्ततर आर्थिक अवस्थाले पनि नेप्सेलाई प्रभाव पार्ने गरेको छ । आर्थिक वृद्धि राम्रो हुँदा सूचिकृत कम्पनीका पनि नाफा बढ्ने र उक्त कम्पनीले दिने लाभांश बढ्न गई सेयर मूल्यसमेत बढ्दा समग्र नेप्से परिसूचक पनि बढ्ने हुन्छ । यद्यपि प्रभावको स्तर भने समय र परिस्थितिअनुसार फरक–फरक हुन्छ ।

राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति पनि नेप्से घटबढको प्रमुख कारण हो । किनभने पुँजी बजारमा ७५ प्रतिशत हिस्सा वित्तीय क्षेत्रको छ । खुला मौद्रिक नीति (बजारमा नगद प्रवाह बढि गराई ब्याजदर घटाउने नीति) सँगै नेप्से बढ्ने गरेको छ भने कडा मौद्रिक नीति (बजारमा नगद प्रवाह कम गराई ब्याजदर बढाउने नीति) आएको बर्ष नेप्से घट्ने गरेको छ । संसारभरका केन्द्रिय बैंकले जारी गर्ने मौद्रिक नीतिले त्यहाँको सेयर बजारमा प्रभावित गर्छ ।

त्यसैगरी, बजार हल्ला, आमसञ्चार माध्यममा आएका समाचार र अनुमानका आधारमा पनि सेयर बजार घटबढ हुने गर्छ ।

त्यसैले समग्र लगानीकर्ता र बिशेषगरी नयाँ लगानीकर्ताले ऐतिहासिकरुपमा नेप्सेलाई प्रभाव पार्दै आएका विभिन्न कुराहरुको बिश्लेषण गर्दै निर्णय गर्नु नै बुद्धिमत्तापूर्ण हुन्छ ।


पुष्प दुलाल