उद्योगमन्त्रीले भने, स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेदभाव हुँदैन




उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुनको १९ र २० गते आयोजना गर्न लागेको नेपाल लागानी सम्मेलनमा सहभागी भइ नेपालको सम्भवाना र वातावरणका बारेमा अध्ययन गरेर लगानी बढाउनका आह्वान गरेका छन् ।

नेपालस्थित विभिन्न देशका राजदूत एवम् कुटनीतिक नियोगका प्रमुखसँगको छलफल कार्यक्रममा उनले राजनीतिक एवम् नीतिगत रुपमा नेपालमा लगानीका लागि कुनै समस्या नभएको बताए ।

सबै राजनीतिक दलहरुले अबको प्रमुख मुद्दा आर्थिक हो भन्ने विषयमा प्रष्ट रहेको उल्लेख गर्दै मन्त्री जोशीले ‘उद्योग मन्त्रालय अहिले कानुनीरुपमा लगानीकर्तालाई लगानी सुरक्षाको प्रत्याभूति दिलाउन तयार रहेको बताए ।’

बढीभन्दा बढी रोजगारी सिर्जना गर्नका लागि मन्त्रालयले उत्पादनमुलक उद्योगको स्थापनालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री जोशीले ‘नेपाली र विदेशी लगानीकर्तामा कुनै भेदभाव नहुने आस्वस्थ गराए ।’

अन्तरमन्त्रालयबीचको समन्वयका लागि अहिले उद्योग मन्त्रालयको पहलमा नियमित रुपमा श्रम, भौतिक योजना तथा यातायात, सङ्घीय मामिला तथा स्थानीय विकास, वन, वातारण र कृषि विकासमन्त्रालयबीच सहकार्य गर्दै आएको उनको दाबी थियो ।

छलफलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क), जापान, सयुक्त राज्य अमेरिका, स्वीडेन, साउथ अफ्रिका, म्यानमार, न्युजल्यान्ड, थाइल्यान्ड, फिनल्यान्ड, चेक रिपब्लिकलगायले छलफलमा सहभागी थिए ।

उनिहरुले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको भन्दै त्यसका लागि सरकारले नीतिगत र राजनीतिक स्थिरताका साथै श्रम ऐनपनि पनि चाडो ल्याउन जरुरी रहेको सुझाव दिएका थिए ।

बैठकमा उद्योगमन्त्रालयका सचिव शङ्कर प्रसाद कोइराला र सहसचिव यमकुमारी खतिवडाले नेपाल लगानी सम्मेलनको तयार र त्यसको व्यवस्थापनका विषयमा भएका प्रगतिका विषयमा जानकारी गराएका थिए ।


क्लिकमान्डु