कांग्रेसएमाले मिलेर नेफ्सकुनमा माओवादीलाई हराए, अध्यक्षमा बस्नेत




काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को अध्यक्षमा डिबी बस्नेत विजयी भएका छन् । बस्नेतले १ हजार १ सय ७७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नवराज सापकोटाले १६७ मत ल्याए ।

वरिष्ठ उपाध्यक्षमा परितोष पौड्याल १ हजार १ सय ४९ मत ल्याइ बिजयी भए । यस्तै महासचिवमा ८९९ मत ल्याई चन्द्रप्रसाद ढकाल विजयी भएका छन् ।

महिला उपाध्यक्षमा पार्वती खाँड राई, कोषाध्यक्षमा केशव प्रसाद पोखरेल, खुला सदस्यतर्फ उद्वव सापकोटा, भरतप्रसाद दवाडी, चण्डिप्रसाद शर्मा पौडेल, नानीकाजी शाक्य बिजयी भए ।

प्रदेश सदस्यहरुमा डा. कृष्ण पौडेल, दिपक पनेरु, भीम बहादुर गुरुङ, कृष्ण प्रसाद नेपाल, घनश्याम अधिकारी, महिलातर्फ शान्ति अधिकारी, गोमा नेपाल र चन्द्र कुमारी खड्का , लेखा समिति संयोजकमा दामोदर अधिकारी र सदस्यहरुमा विपिन शर्मा, शुभद्रादेवी महतो विजयी भईन ।


क्लिकमान्डु