कञ्चन डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद पुस १८ देखि




काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले दिने भएको ५० प्रतिशत हकप्रद सेयर आगामी पुस १८ गतेदेखि विक्री खुल्ला हुने भएको छ ।

बैंकले यसको लागि ९ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । बैंकको बिक्री प्रबन्धमा ग्लोबल आइएमइ क्यापिटल रहेको छ ।

हकप्रद भर्ने सेयरधनीले विक्री प्रबन्धको कार्यालय जमल तथा कञ्चन डेभलपमेन्ट बैंकका शाखा कार्यालयहरु मार्फत सेयर किन्न सक्ने ब्यवस्था गरिएको छ । यस्तै ग्लोबल आइएमइ बैंकका विभिन्न शाखा मार्फत पनि सेयर भर्न पाइने छ ।

अहिले बैंकको चुक्ता पूँजी १९ करोड ८० लाख रुपैयाँ छ । हकप्रद शेयरको बिक्री पछि बैंकको चुक्ता पूँजी २९ करोड ७० लाख हुनेछ । मंसिर २९ गतेसम्म नेपाल स्टक एक्सचेन्चमा कारोबार भई कायम साविक शेयर धनीहरुको लागि निष्कासन गरिएको हो ।


क्लिकमान्डु