सुजुकी सुपर क्यारीको बिक्री सुरु

क्लिकमान्डु २०७३ मंसिर २९ गते १४:३९ मा प्रकाशित


सीजी मोटोकर्पको आधिकारीक बिक्रेता नारायणी आटो बिजनेशले सुजुकीको नयाँ सुपरक्यारी बिक्रि सुरु गरेको छ। नारायणी अटोका प्रबन्ध निर्देशक अनुप बरालकाअनुसार “व्यवसायीक प्रयोजनमा सुजुकीको यो पहिलो उपस्थिती हो । सुपरक्यारीले राम्रो माइलेज, किफायती, दमदार पर्फमेन्सका साथ उच्च भारवाहन क्षमता प्रदान गर्ने उनले दाबी गरे ।”

कम्पनीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार सुपर क्यारी फाइभ स्पिड म्यानुअल ट्रान्समिशन सहितको ७ सय ९३ सीसी क्षमताको लाइट कर्मर्शियल गाडी हो । यस गाडीले २२ दशमलव ०७ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । कम्पनीका अनुसार गाडीको अधिकतम गति क्षमता ८० किलोमिटर प्रति घण्टा रहेको छ ।

यसको ग्राउन्ड क्लियरेन्स १ सय ६० एमएम रहेको छ । यसका अलावा नयाँ एलसीभी, सुपर क्यारीमा कम्पनीले लाइट स्टेरिङ ह्विल, मोबाइल चार्जिङ सकेट, डुअल एसिस्ट ग्रिप, मल्टि पर्पोज स्टोरेज स्पेस, लकगर्न मिल्ने ग्लोभबक्स र बोटल होल्डर लगायत आधारभूत फिचर्स समाबेस गरेको जनाएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स