हुण्डाईको नयाँ शोरुम नेपालगञ्जमा, सेल्स, सर्भिस र स्पेयर पार्टस सबै सेवा पाइने



नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्य सहित , नेपालगञ्ज स्थित आफ्नो डिलर हिम अटो डिस्ट्रिब्युटरको संयोजकत्वोमा नयाँ शोरुम उद्घाटन गरेको हो । नेपालगञ्ज र वरिपरिका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको कम्पनीले जनाएको छ ।

शोरुम र थ्रिएस सेवाको उद्घाटन हिमप्रसाद श्रेष्ठ तथा लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

यस सेन्टरमा गाडिको सोरुम, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ । यस सेन्टरबाट प्रति महिना ३०० वटा सम्म गाडिलाई सेवा दिने क्षमता रहनुको कम्पनीले जानकारी दिएको छ । साथै यस सेन्टरमा हुण्डाईका जेनुइन् पार्ट्स पनि उपलब्ध हुनेछ ।

लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले उपत्यका बाहेकका ठाउँमा पनि उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्य सहित पोखरा, नारायणघाट, बुटवल, दाङ, बिराटनगर, दमक, बिर्तामोड, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा जस्ता प्रमुख शहरहरुमा १३ वटा डिलरसिप स्थापना गरिसकेको जानकारी दिएको छ ।


क्लिकमान्डु