मोहनदत्त अवस्थी: जो गाइको दूध बेचेरै १० लाख कमाउँछन्



कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका-२ भासिका मोहनदत्त अवस्थीले बैंकबाट कर्जा लिई व्यावसायिक गाई फार्म सञ्चालन गरेका छन् । ।
बैंकबाट १४ लाख कर्जा र आफ्नो ३ लाख गरी १७ लाख रुपैयाँको लागमा जोशीले देवभूमी गाईपालन फार्म सञ्चालन गरेका हुन् । एक वर्षअघि सञ्चालनमा ल्याइएको गाई फार्मबाट दूध बेचेर उनले वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी लिने गर्छन् ।
फार्ममा उन्नत नश्लका छवटा जर्सी र पाँचवटा होलेस्टेन जातका गाई छन् । ती गाईबाट प्रतिदिन ६० लिटर दूध उत्पादन हुँदै आएको छ ।
‘चिसोमा सङ्कलन केन्द्रबाट दुग्ध विकास संस्थानले दूध नउठाउँदा घाटा व्यहोर्नुपर्ने समस्या छ,’  उनले भने ।
दूध बिक्रीबाट वार्षिक रुपमा आउने दश लाखमध्ये चार लाख गाईका लागि घाँस र चारोमा खर्चिने, एक लाख जती बैंकको ब्याज तिर्न र बाँकी रकम बचत हुने गरेको उनले बताए ।
भाडामा जग्गा लिई गाईफार्म खोलेका जोशीले वार्षिकरुपमा ३५ हजारमा प्रतिवर्ष पाँच प्रतिशत भाडा बढ्ने गरी फार्म सञ्चालन गर्दै आएका हुन् ।
विगतमा निर्माण व्यवसायको कार्य गर्दै आएका उनले विभिन्न ठाउँका पशुपालकले गाई फार्म खोलेर मनग्य आम्दानी गरेको देख्दा गाईफार्म खोलेर बसेको बताउँछन् ।


पुष्प दुलाल