नेपाल एसबिआइ मर्चेन्टले पायो स्वीकृति




काठमाडौं । नेपाल एसबिआइ बैंकको शतप्रतिशत स्वामित्व रहेको नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेडले कारोवार स्वीकृति पाएको छ ।

पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले गत शुक्रवार बैंकको सहायक कम्पनीलाई कारोवारको स्वीकृति दिएको हो ।

सहायक कम्पनी नेपाल एसबिआइले इस्यू म्यानेजमेन्ट र अन्डरराइटिङको कारोवार गर्ने अनुमति पाएको धितोपत्र बोर्डले जानकारी दिएको छ ।


क्लिकमान्डु