टाटाका साना व्यवसायिक गाडी बिक्री गर्ने नयाँ दुई शोरुम संचालनमा

क्लिकमान्डु २०७३ मंसिर २५ गते १३:५५ मा प्रकाशित


टाटा मोर्टस्का साना व्यवसायीक गाडी बिक्रीगर्ने दुइबटा शोरुम संचालनमा आएका छन् । शशिला मोर्टस् प्रालिले काठमाडौंको रबिभवन र भक्तपुरको सुर्यबिनायकमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको हो ।

शोरुमको उद्घाटन टाटा मोर्टसको दक्षिण एसिया क्षेत्रिय निर्देशक सतिस मच्छेराजु र सिप्रदी ट्रेडिङका निर्देशक सौर्य राणाले संयुक्तरुपमा गरेका हुन् । कार्यक्रममा सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ लगायतका व्यक्तीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शशिला मोर्टस्का प्रबन्ध निर्देशक सन्तोष खतिवडाले कम्पनीले सहज रुपमा टाटाका गाडी र सर्भिस उपलव्ध गराउने बताए ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले कम्पनीले टाटाका गाडीले उत्कृष्ट माइलेज, वारेन्टी, विक्री, सर्भिस र जेनियुन स्पेयर पार्टसको सेवा दिर्दै आएको बताए । उनले टाटाको गाडी पञ्चतत्व भएको दाबी गरे ।

कार्यक्रमका प्रमुख अतिथी टाटा मोर्टसको दक्षिण एसिया क्षेत्रिय निर्देशक सतिस मच्छेराजुले नेपाललाई टाटाले पहिलो प्राथमिकतामा राखेर कामगरी रहेको दावी गरे ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स