पर्यटनको विकासबिना देशको समृद्धि असम्भव



ID:43857838
ID:43857838

बेनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले पर्यटन क्षेत्रको विकासबिना देशको समृद्धि सम्भव नभएको बताउनुभएको छ ।

बानियाँ बन्धु समाज जिल्ला कार्य समिति म्याग्दीको आयोजनामा आजदेखि बेनी नगरपालिका–११ भीरमुनीमा सुरुभएको श्रीमद्भागवत् धनधान्याचल एवम् पितृमोक्ष सप्ताह ज्ञानमहायज्ञको उद्घाटन गर्दै उहाँले पर्यटनको विकासका लागि धार्मिक र आध्यात्मिक क्रियाकलाप सहयोगी हुने विचार व्यक्त गरे ।

यही मङ्सिर २८ गतेसम्म सञ्चालन हुने महायज्ञमा पं नारायणप्रसाद न्यौपाने प्रमुख कथावाचक रहेको छ ।


क्लिकमान्डु