उद्योगमा आगो लाग्दा २० करोडको क्षति



इटहरी । सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिका-४ स्थित कालोडल्लप उत्पादन उद्योगमा हिजो साँझ आगलागी हुँदा २० करोड रुपैयाँ बराबरको बराबरको धनमाल नोक्सान भएको उद्योग सञ्चालक मनिष अग्रवालले बताए ।

खाना पकाउने एलपी ग्यास चुहावट भई उद्योगमा आगलागी भएको थियो । आगो फैलनासाथ उद्योगमा भएका ग्यास सिलिन्डर पड्किन थालेपछि उद्योगभित्र आगो फैलिएको थियो ।

आगो फैलिएपछि त्यहाँ कार्यरत मजदुरमा भागदौड मच्चिँदा तीन कामदार घाइते भएका थिए । उद्योगमा करिव दुई हजार मजदुर कार्यरत थिए ।

घाइते मजदुर अमृत श्रेष्ठ दिलीप चौधरी र राजु यादवलाई राति नै उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव पोख्रेलले जानकारी दिए ।

आगलागीका कारण उद्योगकोे कच्चा पदार्थ उपकरणसमेत जलेर पूरै नोक्सानी भएको सञ्चालक अग्रवालले बताए । इटहरी, धरान, विराटनगर, दमक र राजविराजबाट आएका बारुणयन्त्रले राति २ बजे मात्र आगो नियन्त्रण मा लिन सफल भएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु