कुलमान घिसिङ भन्छन्,– मेरो नाममा नक्कली फेसबुक पेज बनाएर अनावश्यक पोष्टहरु भइरहेका छन्



kulman-ghising

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर लोडसेडिङ अन्त्य गरी जनताको मन जित्न सफल भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफुलाई असफल बनाउन ठूलो गिरोह सक्रिय भएको बताएका छन् ।

सोही क्रममा आफ्नो नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर जथाभावी पोस्ट गर्ने गरेको समेत पाइएको उनले बताएका छन् । र, त्यस्ता पोष्टमा विश्वास नगर्न आग्रह गर्दै उनले आफ्नो सक्कली फेसबुक पेजमा आइतबार बिहान ९:३४ बजे स्टाटस नै लेखेका छन् ।

घिसिङले लेखेको स्टाटस पढ्न यहाँ क्लिक गर्नुहोस्

‘मेरो नक्कली फेसबुक पेज बनाएर अनावश्यक पोष्ट गरेकोसमेत पाइएकाले त्यस्ता समाचार तथा पोष्टहरुमा विश्वास नगर्नु हुन र मर्यादिन कमेन्ट गर्नुहुन समेत अनुरोध छ,’ घिसिङले लेखेका छन्, ‘लोडसेडिङ हटाउन हरेक नागरिकको महत्वपूर्ण भूमिका रहने छ ।’

केहिदिन यता प्राधिकरणको सञ्चालक समिति बैठक, घिसिङ, अर्जासचिव अनुपकुमार उपाध्याय र अर्थसचिव शान्तराज सुवेदीसँग जोडेर केही मिडिया तथा सामाजिक सञ्जालहरुमा नकरात्क टिप्पणीहरु भइरहेका छन् । त्यस्ता टिप्पणीहरु पूर्णरुपमा भ्रामक भएको भन्दै घिसिङले सामाजिक सजाल फेसबुकमार्फत प्रष्टिकरण दिएका छन् ।

‘प्राधिकरणको सञ्चालक समितिको बैठक र म सँग जोडेर उर्जा सचिव र अर्थसचिवज्यूको चरित्र हत्या हुनेगरी तथ्यहीन र भ्रामक समाचार केही अनलाइन र सामाजिक सञ्जालमा आएकाले त्यसमा कुनै सत्यता नभएको जानकारी गराउँदछु,’ घिसिङले लेखेका छन् ।


क्लिकमान्डु