ट्वीटरमा सबैभन्दा लोकप्रिय नेपाली डा. भट्टराई, लोकमानसिंह कार्की दोस्रो !



baburam-and-lokman

काठमाडौं । सामाजिक संजालको प्रभाव बढेसँगै ब्यक्ति वा संस्थाको लोकप्रियता मापकहरुमा बिबिधता आएको छ । केही समय अगाडिसम्म कुनै ब्यक्तिको भाषण सुन्न धेरै मान्छे जम्मा भए सो नेतालाई लोकप्रिय मानिन्थ्यो ।

लोकप्रियताका पुराना मापक अझै पनि प्रचलनमा छन् । तर सामाजिक संजालको ब्यापकतापछि त्यस्ता संजालहरुमा कुन ब्यक्ति वा संस्था लोकप्रिय छ वा कसको कुरा वा गतिविधिप्रति धेरै मान्छेले चासो दिइरहेका छन् भनेर बुझ्न सकिने अवस्था आएको छ ।

ब्यक्ति वा संस्थाको सामाजिक संजालमा रहेको उपस्थितिको तथ्यांक दिने सोसियल बैंकर्स डट कमका अनुसार सामाजिक संजाल ट्वीटरमा सवैभन्दा बढी लोकप्रिय नेपाली डा. बाबुराम भट्टराई हुन् ।

लोकमानसिंह कार्कीले फलो गर्ने एकमात्र ब्यक्ति स्वामी आनन्द अरुण हुन भने प्रहरीले प्रधानमन्त्रीको ट्वीटर ह्याण्डिललाई मात्रै फलो गर्छ । बरिष्ठ पत्रकार नारायण वाग्ले ट्वीटरमा लोकप्रियताको ५औं स्थानमा छन् ।

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराइका ६ लाख ३ हजार ९ सय ९० जना फलोअर्स छन् । जबकि उनले २ सय ६४ जनालाई फलो गरेका छन् ।

ट्वीटरमा सवैभन्दा लोकप्रिय नेपालीको दोस्रो स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की छन् । तर उनको र डा. भट्टराईको फलोअर्सको अन्तर करिब साढे २ लाखको छ ।

कार्कीका फलोअर्स ३ लाख ५९ हजार ४० जना छन् । कार्कीले भने जम्मा ९ जनालाई मात्रै फलो गरेका छन् । कार्कीले फलो गरेका ९ ट्वीटर ह्यान्डलमा नेपालस्थित अमेरिकी दुतावास, थ्रस्ट प्रोजेक्ट, वाटर सप्लाई एन्ड स्यानिटेसन कोल्याब्रेसन काउन्सिल (डब्लुएसएससीसी) र डब्लुसिएस म्यानमार रहेका छन् ।

बाबुराम पछि ट्वीटरमा दोस्रो लोकप्रिय व्यक्ति बीबीसीका पत्रकार रविन्द्र मिश्र र तेस्रो लोकप्रिय व्यक्ति स्वास्थ्यमन्त्री गगन थापा भएपनि सोसियल बैंकर्स डटकमको यो रिपोर्टमा उल्लेख छैन । हामीले यो रिपोर्ट सोसियल बैंकर्स डट कमको सहयोगमा बनाएका हौं ।

यस्तै कार्कीले नेपाल क्रिकेट, करप्सन नाउ, एपी इनट्याक्ट नेटवर्क, औरा फ्रिडम र स्वामी आनन्द अरुणको ट्वीटर ह्यान्डिलाई फलो गरेका छन् ।

बाबुराम पछि ट्वीटरमा दोस्रो लोकप्रिय व्यक्ति बीबीसीका पत्रकार रविन्द्र मिश्र र तेस्रो लोकप्रिय व्यक्ति स्वास्थ्यमन्त्री गगन थापा भएपनि सोसियल बैंकर्स डटकमको यो रिपोर्टमा उल्लेख छैन । हामीले यो रिपोर्ट सोसियल बैंकर्स डट कमको सहयोगमा बनाएका हौं ।पत्रकार मिश्रका ४ लाख २२ हजार फलोअर्स छन् भने उनले ३ सय ३१ जनालाई फलो गरेका छन् । त्यस्तै मन्त्री थापाका ३ लाख ४९ हजार फलोअर्स छन् भने उनले ९३० जनालाई फलो गरेका छन् ।

सोसियल बैंकर्स डट कमका अनुसार नेपाली दैनिक पत्रिका अन्नपूर्ण पोष्ट लोकप्रियताको तेस्रो स्थानमा छ । अन्नपूर्ण पोष्टका ३ लाख २७ हजार २ सय १४ फलोअर्स रहेका छन् । अन्नपूर्ण पोष्टले ३० जनालाई फलो गरेको छ ।

लोकप्रियताको चौथो स्थानमा नेपाल प्रहरीको ट्वीटर ह्याण्डल रहेको छ । नेपाल प्रहरीको २ लाख ९९ हजार ९ सय ४० जना फलोअर्स रहेका छन् । नेपाल प्रहरीले जम्मा एक जनालाई मात्रै फलो गरेको छ ।

प्रहरीको ट्वीटर ह्याण्डलवाट प्रधानमन्त्री पुस्पकमल दाहालको अफिसियल ट्वीटर ह्याण्डिलाई मात्रै फलो गरिएको छ ।

ट्वीटरमा लोकप्रियताको ५ औं स्थानमा पत्रकार परेका छन् । बरिष्ठ पत्रकार नारायण वाग्ले ट्वीटरमा लोकप्रियताको ५ औं स्थानमा रहेका हुन् । सेतोपाटी डटकममा स्तम्भकार रहेका बरिष्ठ पत्रकार वाग्लेका २ लाख ४८ हजार ३ सय ९ जना फलोअर्स रहेका छन् । उनले ६ सय ५२ जनालाई फलो गरेका छन् ।

लोकप्रियताको छैटौं स्थानमा नेपालस्थित अमेरिकी दुतावास छ । दुतावासको ट्वीटर ह्याण्डललाई २ लाख ३६ हजार ९ सय ५९ जनाले फलो गरेका छन् भने उसले ११ सय २५ जनालाई फलो गरेको छ ।

यस्तै सातौंस्थानमा उज्यालो नेटवर्क छ । उज्यालोको २ लाख ३१ हजार ५ सय ८० जना फलोअर्स छन् भने उज्यालोले १ सय ५५ जनालाई फलो गरेको छ ।

नेपाली टाइम्स पत्रिका लोकप्रियताको ८औं स्थानमा छ । नेपाली टाइम्सका २ लाख ६ हजार ४ सय ८१ जना फलोअर्स छन् भने उसले सय जनालाई फलो गरेको छ ।

अंग्रेजी दैनिक पत्रिका द काठमाडू पोष्ट लोकप्रियताको ९औं स्थानमा छ । उसका २ लाख २ हजार ८ सय ९० जना फलोअर्स छन् भने उसले ९९ जनालाई फलो गरेको छ ।

ट्वीटरमा लोकप्रियताको १० औं स्थानमा निजी क्षेत्रको टेलिकम सेवा प्रदायक कम्पनी एनसेल छ । एनसेललाई २ लाख १ हजार ९ सय ९५ जनाले फलो गरेका छन् भने एनसेलले २ जनालाई फलो गरेको छ । एनसेलले आफ्नै कम्पनी एक्जियटा र एनसेल एपक्याम्पलाई फलो गरेको छ ।


क्लिकमान्डु