मान्छेले जस्तै गीत गाउने रोबर्ट



robotरोबोटले आफै गीत गाउँछ भनेर सुन्दा तपाईँलाई पत्यार नलाग्न सक्छ । तर जापानको ओसाका विश्वविद्यालयका वैज्ञानिक तथा अनुसन्धानकर्ताले विश्वकै पहिलो आफै चल्न सक्ने र गीत गाउन सक्ने ह्युमनोइड रोबोटको विकास गरेका छन् ।
‘अल्टर’ नाम दिइएको यस रोबोटमा इलेक्ट्रोनिक सेन्सरको प्रयोग गरिएको छ जसले मानव दिमागको सञ्जालको झल्को दिन्छ । यो सेन्सरको मद्दतबाट अल्टरले आफ्नो हात, टाउको, अनुहारको हाउभाउलगायतका हरेक चाललाई स्वयम् नियन्त्रण गर्दछ ।

मानिसले जस्तै हातहरूलाई हल्लाउँदै गीत गाउन सक्नु यसको अचम्मको विशेषता छ । यसका अनुहार र हात मानिसका जस्तै देखिन्छन् ।
मानिसको छालाजस्तै देखाउनको लागि वैज्ञानिकहरूले रोबोटको हात र अनुहारमा सिलिकोनको प्रयोग गरेका हुन् । रोबोटमा मानव गुणहरू समावेश गर्ने क्रममा वैज्ञानिकहरू लागि परिरहेको सन्दर्भमा यो रोबोटको विकासलाई नौलो ढंगबाट हेरिएको छ ।

भिडियो हेर्नुहोस्:


क्लिकमान्डु