बिद्युततिय रिक्सा सञ्चालनमा रोक



बागलुङ सदरमुकाममा सञ्चालित बिद्युततिय रिक्सालाई प्रशासनले सञ्चालनमा रोक लगाएको छ । रुट पर्मिट नभएको र चालकसँग लाइसेन्स समेत नभएको भन्दै प्रहरीले रोक लगाएको हो ।

तराईका सहरमा लोकप्रिय बन्दै गएको यस्तो रिक्सा पहाडी जिल्ला बागलुङमा तीन महिना देखि सञ्चालनमा थिए । वातावरण मैत्री यस्ता रिक्साले सर्वसाधरणलाई सहज यातायात सेवा पनि दिएका थिए ।

रिक्सा चालकले आफ्नो दैनिक रोजीरोटीको बाटो बन्द भएको गुनासो गरेका छन् । प्रहरीले कानुनी प्रकृया पुरा गरेर सञ्चालन गर्न आग्रह गरेको छ ।
बागलुङमा विगत साढे दुई वर्षदेखि चालक अनुमतिपत्र वितरण रोकिएपछि नयाँ चालक मर्कामा परेका छन् । विद्युतीय रिक्सा लगायतका कुनै पनि सवारी साधानको चालक अनुमतिपत्र वितरण गरिएको छैन । पूर्वाधार र जनशक्ति अभावका कारण देखाउँदै यातायात व्यवस्था कार्यालय बागलुङले चालक अनुमतिपत्र वितरण रोकेको छ ।


क्लिकमान्डु