फेसबुकको उपग्रह बोकेको रकेट विष्फोट, दुर्घटना वा आक्रमण



facebook_01
फेसबुकले अन्तरिक्षमा स्थापना गर्न लागेको भूउपग्रह बोकेको रकेट अमेरिकाको केप कर्नाभलमा विष्फोट भएको छ ।

निजी कम्पनीको रुपमा रहेको स्पेस एक्स फाल्कोन नाईन नामाकरण गरिएको उक्त रकेट स्थानीय समय अनुसार विहान ९ बजे प्रक्षेपण हुन लाग्दा विष्फोट भएको थियो । विष्फोट लगत्तै स्पेस एक्सका प्रबन्ध निर्देशक इलोन मुस्कले अक्सिजन ट्याङ्कमा आएको खराबीले भएको हुन सक्ने अनुमान गरे । उनले विस्तृत विवरण आएपछि मात्र घटनाको वास्तविकता थाहा लाग्ने बताए ।

यो क्षणलाई क्यामेरामा कैद गर्न भेला भएका दर्शकले खिचेको भिडियोमा तिब्र गतिमा आएको एक वस्तुले रकेट रहेको स्थान पार गर्दा गर्दै विष्फोट भएको कारण अर्कै ग्रहबाट आएको प्राणीले आक्रमण भएको हुन सक्ने बताए ।

युट्युवमा राखिएको भिडियोमा पनि प्रक्षेपण हुन लागेको रकेटको छेउबाट अज्ञात वस्तु गुज्रेको लगत्तै विष्फोट भएको देखिन्छ । यो घटनाको वास्तविकता नआए सम्म अहिले अन्य ग्रहको प्राणीबाट आक्रमण भएको भन्ने कुरामा विश्वस्त हुनेहरूको संख्या बढिरहेको छ ।

अफ्रिकामा इन्टरनेटको विकास गर्न फेसबुकले २१ अर्ब २० करोड रुपैंया लगानी गरेर उक्त भू उपग्रह प्रक्षेपण गर्न लागेको हो । फेसबुकको उक्त भूउपग्रहले अफ्रिकाका १४ राष्ट्र लगायत मध्यपूर्वका केही राष्ट्रहरूमा ब्रोडब्याण्ड इन्टरनेट उपलब्ध गराउने योजनामा रहेको थियो । फेसबुकका संस्थापक मार्क जकरबर्ग यो घटना हुँदा अफ्रिकामै रहेका थिए ।


क्लिकमान्डु