परीक्षा सार्न किशोरले गरे राष्ट्रपतिको वेबसाइट ह्याक



hack

श्रीलङ्कामा एक १७ वर्षिय किशोरले राष्ट्रपति मैत्रीपाल सिरीसेनाको आधिकारिक साइट ह्याक गरेका छन् । आफ्नो ए-लेभल परीक्षाको तालिका सार्न उनले यसो गरेको बताइएको छ ।

गत हप्ता राष्ट्रपतिको president.gov.lk वेबसाइटको गृह पृष्ठमै ‘प्रधानमन्त्रीको गैरजिम्वेवार कदम बन्द गर..’ भन्ने सूचना देखियो । ‘श्रीलंकाका साइटको सुरक्षा ख्याल गर, अन्यथा साइबर युद्धका लागि तयार होऊ’ भन्ने चेतावनी पनि उनले राखेका थिए ।  ह्याक भएपछि केही दिन वेबसाइट पुरै बन्द गर्नु परेको थियो ।

प्रहरीले सोमबार ह्याकर किशोरलाई पहिचान गरी पक्राउ गर्न सफल भएको छ । उनलाई ३ वर्ष जेल र दुइ लाख रूपैयाँ सम्मको जरिमाना दाबी गर्दै प्रहरीले मुद्दा अगाडि बढाएको छ ।


क्लिकमान्डु