आउँदैछ होण्डाको नाभि



honda_navi_01
होण्डाले सानो आकारमा छरितो वाइकको रुपमा होण्डा नाभिलाई अन्तराष्ट्रिय बजारमा ल्याएको लगत्तै नेपालमा पनि बुकिङ खुला गरेको छ ।

नाडा अटो शो मार्फत बुकिङ खुला गरिएको यो वाइक १ सय ९ दशमलब १९ सिसि क्षमताको छ । यो वाइकको अत्यधिक स्पिड ८१ किलोमिटर प्रति घन्टामात्र रहेको छ । ३ दशमलव   ८ लिटर को पेट्रोल अट्ने क्षमता भएको यो वाइकले ६० किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीले दावा गरेको छ ।
१ सय १ किलोग्राम तौल रहेको यो वाइक ७१ ईन्च लम्बाइ, २९ ईन्च चौडाइ र पाङ्ग्रा सहितको उचाई ५० इन्च रहेको छ ।

फोर स्ट्रोक एसआई इन्जिन रहेको नाभी सेल्फ र किकवाट स्ट्रार्ट गर्न सकिन्छ । नोभाको पाङ्ग्रा स्कुटरको जस्तै छ जसलाई ट्युवलेस गरिएको छ । विभिन्न ५ रंगमा पाईने यो यो वाइकको नेपालमा १ लाख ५४ हजार ९ सय रुपैंया पर्छ ।


क्लिकमान्डु