भदौ २४ देखि नेपालकै ठूलो मोबाइल एक्स्पो हुँदै



mobile_exproकाठमाडौं । लगनखेलस्थित ललितपुर मल र ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो प्रथम वाषिर्कोत्सवको अवसर पारेर ‘मोबाइल एक्स्पो २०७३’ आयोजना गर्ने भएको छ ।

नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको मलले मोबाइल खरिदमा विभिन्न छुट तथा उपहार योजनासहित एक्स्पो आयोजना गर्न लागेको हो ।

आगामी भदौ २४ गतेदेखि असोज ३ गतेसम्म आयोजना हुने महोत्सवको पत्रकार सम्मेलनमा बोल्दै ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले ललितपुर जिल्लालाई केन्द्रमा राखेर नेपालभरीका मोबाइल प्रेमी तथा खरिदकर्ताहरुका लागि मोबाइल एक्स्पो गर्न लागेको जानकारी दिए । यस एक्स्पोमा हरेक मोबाइल खरिदकर्ताहरुले हात खाली नजाने उपहार प्राप्त गर्नेछन् । उनले भने, हामीले मोबाइल एक्स्पोको अवसर पारेर विभिन्न मोबाइल तथा एसेसरिजमा न्यूनतम ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट राखेका छौं ।

एक्स्पोको अवधिभर नेपालमा भित्रिने विभिन्न नयाँ मोबाइल ब्राण्डहरु तथा नयाँ मोडलहरु पनि सार्वजनिक गराउने योजना राखेको छ । यसले ग्राहकहरुले बजारमा आएका नयाँ फोनहरुको बारेमा जानकारी लिन सक्नेछन् । कम्प्लेक्सबाट सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरिने छ भने नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गरिनेछ ।

मोबाइल एक्स्पोमा करिब ३ लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, ओवीआई, लाभा, विनकम, फलाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ । यि मोवाइलहरु ९ सय देखि १ लाख रुपैंयासम्म पर्ने छन् ।


क्लिकमान्डु