सुरु भयो नाडा अटो शो (फोटो फिचर)



काठमाडौं । नेपालको सर्वाधिक ठुलो अटोमोवाइल एक्सपोको रुपमा रहेको नाडा अटो शो मंगलवार देखि भृकुटीमण्डपमा शुरु भएको छ ।

नाडाको ११ औं संस्करणको रुपमा आयोजना भएको यस एक्सपोमा ७४ वटा सवारी साधनसँग सम्बन्धित संस्थाहरूले १ सय २५ वटा स्टल मार्फत् आफुले भित्राएका र उत्पादन गरेका सामाग्रीहरु प्रदर्शनीमा राखेका छन् । तर पनि अवलोकनकर्ताहरुको बढी रुची दुई पाँङ्ग्रे र चार पाँङ्गे सवारी साधन तर्फ देखिएको छ ।

यसपटक १६ वटा विभिन्न ब्राण्डले चार पाँङ्ग्रे, १५ ब्राण्डले दुई पाँङ्ग्रे र पाँच ब्राण्डले हेभी कमर्सियल सवारी साधनहरु प्रदर्शनीमा राखेका छन् ।

ड्याटसन, फियाट, फोर्ड, होन्डा, हुन्डाई, किया, महिन्द्रा, एमजी, निसान, रेनल्ट, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भक्सवागन र साङयोङले यसपटक चार पांग्रे सवारी साधनहरु प्रदर्शनीमा राखेका छन् । यसैगरी बजाज, बेला, बेनेल्ली, हिरो, होन्डा, केटीएम, महिन्द्रा, रोयल इन्फिल्ड, रनर, स्कोमाडी, सुजुकी, टीभीएस, यूएम, भेस्पा र यामाहाले दुई पांग्रे मोटरसाइकल र स्कुटर र अशोक लेल्यान्ड, आइसर, एस्कर्ट्स, महिन्द्रा र टाटाले हेभी कमर्सियलहरुलाई प्रस्तुत गरेको छ ।

यो प्रदर्शनीमा सवारी साधनमा देखापरेका नयाँ प्रविधि, स्पेयर पार्टस्, टायर, लुबि्रकेन्ट, ग्यारेज उपकरण लगायतका एसेसरीजहरु पनि प्रर्दशित गरिएको छ । बैंक तथा वित्तिय संस्थाहरुले खरिदकर्ताहरुलाई सुलभ कर्जामा ऋण प्रवाह गर्ने विभिन्न योजनाहरु पनि अघि सारेका छन् ।

६ दिनसम्म चल्ने यो शोको समापन आगामी भदौं १९ गते हुने छ ।

IMGL2040 IMGL2053 IMGL2084 IMGL2180 IMGL2184 IMGL2296


क्लिकमान्डु