भेस्पा ९४६ स्कुटर आउँदै



Vespa_946
फेसनको दुनियाँमा प्रसिद्धि कमाएको जर्जियो अर्मानीले डिजाइन गरेको भेस्पा ९४६ हाँक्दा आरामदायी र आफुलाई स्टाइलिस भएको महसुस हुन्छ ।
सन् १९४६ मा भेस्पाले पहिलो स्कुटर बनाएको ७० बर्ष पुगेको अवसरमा आर्मानीले डिजाइन गरेको ९४६ मोडलको भेस्पा स्कुटरलाई सार्वजनिक गरेको हो । अन्तराष्ट्रिय बजारमा आइसकेको यो मोडल नेपालमा भने नाडा अटो सोमा पहिलो पटक सार्वजनिक गरिने छ ।

१ सय २५ देखि माथिको सिसीमा आउने यो स्कुटर फोर स्ट्रोक ३ भल्व इन्जिन रहेको छ ।  यो स्कुटरमा रहेका लाईटहरु एलइडी रहेका छन् भने ड्यासवोर्ड एलसिडी रहेको छ । २ सय २० एमएम डबल डिक्स ब्रेक रहेको यो स्कुटरमा एबिएस ब्रेक सिस्टम समेत रहेको छ । यो सिस्टमले चालक र यात्रुको सुरक्षालाई विशेष ख्याल राख्ने किसिमको हुन्छ । यसको बडी स्टिलले बनाइएको छ जसले स्कुटरलाई स्टाइलिस देखाउनुका साथै चालकको सुरक्षा समेत गर्दछ ।

भेस्पाको नेपालका लागि आधिकारिक बितरक डी–लाइफस्टाइलले भोस्पा ९४६ मोडलको यो स्कुटरलाई नाडा अटो शोमा प्रदर्शन गर्ने योजना बनाएको छ ।


क्लिकमान्डु