अनलाइनमा युवालाई मोटिभेट गर्छु: नम्रता



Namrata-Shrestha_02
चलचित्र क्लासिकवाट उत्कृष्ट हेरोइनमा राष्ट्रिय अवार्ड, फान अवार्ड र डी सिने अवार्ड हात पारेकी अभिनेत्री हुन् नम्रता श्रेष्ठ । दर्जनौ नेपाली चलचित्रमा अभिनय गरिसकेकी नम्रता रेष्टुरेण्ट ब्यापारमा पनि सक्रिय छिन् । नम्रतालाई आफ्नो करिअरको सबैभन्दा महत्वपूर्ण काम भनेकै टाइम र डेट हो । त्यसैले उनी आफ्नो मोबाइलमा डेली सेड्युलहरु अपडेट गरेर नोट र रिमाइण्डरमा राख्छिन् ।

नम्रता अहिले दुई वटा मोबाइल चलाउँछिन् । उनीसँग आइफोनको सिक्स एस र फाइभ भर्जन छ । आइफोन सिक्स एस लिएको जम्मा ४–५ महिना मात्र भयो । उनले मोबाइलमा रहेको फेसबुक, इन्स्टाग्राम, ट्विटर, भाइबर, व्हाट्स एप, हाम्रो पुलिस, हाम्रो पात्रो र ट्रुकलर बढी चलाउँछिन् । बढी नै फुर्सद भयो भने फार्म हिरोज खेल्छिन् ।

उनीसँग म्याकबुक प्रो रेटिना नोटबुक रहेको छ । यसमा उनले आफुसंग रिलेटेड इन्फोरमेसनहरु खोज्ने गर्छिन् । नम्रता भन्छिन्– करिअरले गर्दा कलेज रेगुलर हुन नसक्दा मैले आफ्नो एकेडेमिक इन्र्फमेसन अनलाइनबाटै लिन्थे । कलेजको क्लासमा एउटा पर्सेप्सनबाट मात्र ज्ञान पाइन्थ्यो भने त्यही कन्टेन्ट अनलाइनमा फरक फरक पर्सेप्सनमा उपलब्ध हुन्थे । त्यसले मेरो अध्ययनको दायरालाई फराकिलो बनाइदियो ।

टेक्नोलोजीले मलाइ मात्र होइन, आम मानिसको जीवनलाई नै सजिलो बनाइदिएको छ । अहिले विहान उठेदेखि बेलुका सुत्ने बेलासम्म प्रविधिसँग मानिस निर्भर हुदै गएका छन् । पहिला कुनै कुरा जान्नुपर्ने भयो भने त्यो विषयको ज्ञाता खोज्नुपर्थ्यो । अहिले अनलाइनमै त्यो जिज्ञासा हल हुन्छ । हरेक कुरामा प्रविधिले सहयोग पुर्‍याएको छ ।

प्राय कामको सन्दर्भमा म प्रविधिभन्दा बाहिर नै रहन्छु । सुटिङको समयमा होस् वा होलिडे मुडमा होउँ त्यो समयमा मोबाइल, इन्टरनेटको दुनियाँभन्दा परै बस्न मन लाग्छ । तर त्यति हुँदा हुँदै पनि व्यस्तताको बीचको फुर्सदको समयमा मोबाइल ‘टाइम पास’ का लागि साथी बनिदिन्छ । लामो समय प्रविधि बाहिर हुँदा आज के नभा के नभा जस्तो अनुभुती पनि हुन्छ । तर म टेक्नोलोजीमै हुरुक्क भएर त्योसँग धेरै अट्याच हुन चाहँदिन् ।

टेक्नोलोजी आफैंमा नकारात्मक होइन, कुनै पनि उपकरण वा टेक्नोलोजी रिसर्च गरेर युजर फ्रेन्ड्ली बनाइएका हुन्छन् । टेक्नोलोजी प्रयोगको कारण त्यो राम्रो नराम्रो भन्ने कुरा प्रयोगकर्तामा निर्भर हुन्छ । सोसल साइटका कारण युवाहरूले आत्महत्या र अपराध गरेको सुनिन्छ । यो कुरालाई कम गर्न सोसल मिडिया प्रभावकारी पनि छ । मैले आफ्नो फ्यान पेजमा जीवन र यसका सकारात्मक आयामको बारेमा मोटिभेट गर्ने किसिमका सामाग्रीहरु फोटो सहित पोष्ट गर्दा  धेरैले त्यसलाई रुचाएर प्रतिक्रिया दिनुभयो ।

मैले आफ्नो फ्यान पेजमा जीवन र यसका सकारात्मक आयामको बारेमा मोटिभेट गर्ने किसिमका सामाग्रीहरु फोटो सहित पोष्ट गर्दा  धेरैले त्यसलाई रुचाएर प्रतिक्रिया दिनुभयो ।

 

म आफूलाई आवश्यक परेको इन्फरमेसन लिन विभिन्न साइट अपरेट गर्छु, नायिका भएकाले चलचित्रको कथावस्तु अनुसारको क्यारेक्टर सर्च गर्छु र त्यसबारे ज्ञान लिन्छु । म्युजिकमा लगाव भएकाले युट्युबमा गीत सुन्ने तथा हेर्ने गर्छु । स्टान्डअप कमेडीको फ्यान भएकाले त्यो खोजी खोजी हेर्छु ।


क्लिकमान्डु