अनलाइन जागिर लगाइदिने भन्दै ठगी



Online_Crime
अनलाइनमा जागिर लगाइदिन्छु भन्दै बेरोजगार युवाहरुलाई ठगी गर्ने रामवीरकुमार रायलाई प्रहरीले पक्राउ गरेको छ ।

रायले कलङ्कीमा इन्टरनेसनल आइटी नेपाल प्रालि खोलेर विभिन्न पत्रपत्रिकामा विज्ञापन निकाली युवाहरुलाई आकर्षक रोजगारको आशा देखाएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

अनलाइन जागिरमा लगाई आकर्षक तलब तथा भाडा खर्च, खाजा खर्चकोसमेत व्यवस्था गर्ने प्रलोभन देखाएर रायले ११ जनाबाट प्रतिब्यक्ति १६ हजार रुपैंया लिएका थिए । युवाहरुलाई अनलाइनमा काम लगाएर ६ महिनासम्म तलव नदिएपछि पीडितहरु प्रहरीमा गएका थिए ।

प्रहरीका अनुसार रायलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।


क्लिकमान्डु