२ लाख बढी ट्वीटर अकाउन्ट बन्द



isis-twitter1-a

ट्वीटरले गएको ६ महिनाभित्र अतिवाद र अतंकबादसँग जोडिएका २ लाख ३५ हजार अकाउन्टहरु बन्द गरेको छ ।

युएस टुडेका अनुसार अतिवादी तथा आतंककारी समूहले ट्वीटर नेटवर्कको दुरुपयोग गरी आफ्ना सन्देशहरु बहिर ल्याउने माध्यम बनाएकाले ट्वीटरले यस्ता अकाउन्टहरु बन्द गरेको हो । उनीहरुले अतंकवादी हमला गरीसकेपछि उनीहरुको ट्वीटको मात्रा बढ्ने गरेको कुरा पनि उल्लेख गरिएको छ ।

पेरिस र सान बर्नार्डियोमा भएको आतंकवादी हमलापछि ओबामा र अमेरिकी राष्ट्रपति चुनावका उम्मेदवारले अतिवादी संगठनहरुलाई रोक्न सोसल मिडियाले कुनै कदम नचालेको भन्दै कडा अलोचना गरेका थिए । ट्वीटरले भने गत फेब्रुअरी महिना अघिका ६ महिनाभित्र स्लामिक स्टेट (आइएस) सँग जोडिएका १ लाख २५ हजार अकाउन्टहरु पनि बन्द गरेको बताएको छ ।

ट्वीटरले आफ्नो सर्त (टर्म) र सहमति (अग्रिमेन्ट) तोडेर त्यस विपरितका ट्वीटहरु लेख्ने अकाउन्टहरुलाई निगरानी गर्न चौबिसै घण्टा टोली खटाइएको कुरा पनि युएस टुडेले जनाएको छ ।


क्लिकमान्डु