सेक्सी सेल्फी पोस्ट गरेपछि जागिर चट्



chinese-cop

चीनको लिओनिङ प्रान्तमा कार्यरत एक महिला प्रहरीले बर्दीमा उत्तेजक सेल्फी खिचेर अनलाइनमा पोस्ट गरेपछि प्रान्तीय सरकारले जागिरबाट निस्कासन गरेको छ ।

उनले चीनको माइक्रो ब्लगिङ साइट वेइबोमा उत्तेजक सेल्फी पोस्ट गरेकी थिइन् । उक्त सेल्फीमा उनले सर्टमात्र पहिरेकी छिन् भने शरीरको तल्लो भाग कट्टुले मात्र ढाकेकी छिन् ।

उनी कार्यरत प्रहरी कार्यलयले उनको उक्त पोस्ट देखेपछि उनलाई जागिरबाट निकालेको हो । त्यसपछि प्रहरीले उनीबाट बर्दी फिर्ता लिएको छ ।

यस घटनाले चीनमा ठूलो हलचल ल्याइदिएको छ । एक थरी मानिसले प्रहरी बर्दी राष्ट्रको इज्जतसँग जोडिएकाले उनलाई जागिरबाट निकालिएको निर्णयको स्वागत गरेका छन् भने केहीले उनले पोस्ट गरेको फोटोलाई लिएर प्रहरी बढी परम्पराबादी भएको बताएका छन् ।


क्लिकमान्डु