ओबामालाई फेसबुक मेसेन्जरबाट सीधै सन्देश पठाउन सकिने



Barak-obama
संसारको सबैभन्दा व्यस्त प्रधानमन्त्रीको सूचिमा अमेरिकी राष्ट्रपति बराक ओबामाको नाम आउछ । सर्वसाधारण जनताका लागि उनलाई भेटेर अफ्ना कुरा सुनाउन पाउनु सपनाजस्तै हो ।

तर, अब अमेरिकी जनताले आफ्ना कुराहरु फेसबुक म्यासेन्जरमार्फत राष्ट्रपति ओबामालाई पठाउन सक्ने भएका छन् ।
एसोसिएट प्रेसका अनुसार अमेरिकी जनताले फेसबुकको ह्वाइट हाउस पेजमा मेसेज पठाउन सक्नेछन् । आएका मेसेजहरुमध्ये ओबामाले दैनिक १० ओटा मेसेजहरु पढ्ने र तिनको रिप्लाई गर्ने छन् ।

ह्वाइट हाउस चिफ डिजिटल अफिसर जेसन गाल्डमेनले यसरी जनताले राष्ट्रपतिसँग कुरा गर्ने राम्रो अवसर हुने बताए ।


क्लिकमान्डु