सुजुकी भिटारा ब्रेजा स्पोर्टी एसयूभी भित्रियो



Breeza-Suzuki
नेपाली बजारमा सुजुकी भिटारा ब्रेजा स्पोर्टी एसयूभी भित्रिएको छ । सिजी नेक्स्टजेनले बुकिङ खुला गरेको यो एसयूभी ६ विभिन्न कलरमा उपलब्ध रहेको छ ।

एसयूभीको क्षमतालाई उत्कृष्ट बनाउन डिडिआइएस २ सय इन्जिन जडान गरिएको छ । डिडिआइएस २ सय डिजेल इन्जिनले ९० पीएस शक्ति सिर्जना गर्छ र २४ दशमलव ३ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।

स्टाइल र सेफ्टीलाई बिशेष ध्यान दिएर तयार पारिएको यो एसयूभीमा अगाडीको दुबै सिटमा एयर ब्याग रहेको छ । जसले दुर्घटना हुँदा चालक र यात्रुको सुरक्षालाई उपयोगी हुन्छ ।

एसयूभीको हेडलाईटलाई आकर्षक बनाईएको छ । गोरुको सिंग आकारमा रहेको हेड लाईटको बल्व लिड लाईट भएको कारण प्रकाश टाढासम्म फ्याक्न सक्छ भने यसमा अटो हेडलाईट पनि छ । यसको वाइपरले सिसामा परेको पानीलाई राम्ररी सफा गर्छ । स्टेरीङमा म्युजिक लगायत अन्य उपकरणहरू चलाउने सुविधा रहेको छ । चालकले आफ्नो मुड अनुसार आफ्नो कपपिटको रंग परिवर्तन गर्न पनि सक्छन् ।

गतिको अनुभव दिन कारमा फ्लोटिङ रुफ डिजाइन प्रयोग गरिएको छ भने स्पोर्टी एलोई ह्विल्स प्रयोग गरिएको छ । कारमा आन्तरिक सजावट र स्पेशको लागि पनि विशेष ध्यान दिइएको छ । स्पोर्टी सिट प्रयोग गरिनुका साथै यात्रामा आरामदायी अनुभव दिन सेग्मेन्ट अन्तर्गतकै ठूलो क्याबिन र बुटस्पेस उपलब्ध रहेको छ ।


क्लिकमान्डु