१५ लाख नाध्यो मोबाइल बैंकिङका प्रयोगकर्ता



Mobile-Banking_01
नेपालमा मोबाइल बैंकिङका प्रयोगकर्ताको संख्या १५ लाख भन्दा बढी पुगेको छ । नेपालमा बैंक खाता भएका ग्राहक मध्ये यो संख्या करिब १० प्रतिशत भएको नेपाल राष्ट्र बैँकले बताएको छ । नेपालमा भएका बैंक तथा फाइनान्सियल इन्स्टिच्युसनमा १ करोड ६० लाख भन्दा बढी मानिसहरूले खाता खोलेका छन् ।

मोबाइल बैंकिङ सेवा अन्तर्गत ग्राहकले ब्यालेन्स इन्क्वायरी, एसएमएस एलर्ट, रकम ट्रान्सफर र टेलिफोन, बिद्युत आदिको बिल तिर्ने लगायतका युटिलिटी पेमेन्ट सम्बन्धी कार्य गर्न सक्छन् । यद्यपि धेरैले ब्यालेन्स इन्क्वायरी र एसएमएस एलर्टका लागि मात्र यसको प्रयोग गरेको पाइन्छ ।


क्लिकमान्डु