ब्याट्री चार्ज गर्ने यस्तो पो काइदा!



wewatt

बेल्जियम स्थित एक फर्निचर कम्पनीले अनौठा कुर्सी, टेबुल बजारमा ल्याएको छ । वि वाट (We Watt) नामको कम्पनीले निर्माण गरेका यस्ता फर्निचरमा मोबाइल, ल्यापटप लगायत ग्याजेटहरू नियमित बिद्युत् बिनै चार्ज गर्न मिल्ने सुविधा उपलब्ध गराएको छ ।

नेपाल जस्तो लोडसेडिङले हैरान हुने देशमा मात्र हैन, महंगो बिजुलीको बिल घटाउने र बैकल्पिक उर्जामा जोड दिने मुलुकहरूमा पनि यस्ता फर्निचर निकै उपयोगी हुने देखिएको छ ।

वि वाटले निर्माण गरेका कुर्सी, टेबुलमा साइकलमा जस्तै पेदल जोडिएको छ । बसिराखेको बेला एकछिन यो पेदल घुमाउनु भयो भने यसले भित्र पट्टी जडान गरेको डाइनामोलाई गुमाउँछ र बिजुली उत्पादन गर्छ ।

त्यति मात्र फाइदा कहाँ हो र? मोटोपना, मधुमेह जस्ता रोग कम गर्न पनि यस्ता फर्निचर निकै उपयोगी देखिएका छन् । साधारण कुर्सीमा एकैनास लामो समय बसी रहँदा बिभिन्न स्वास्थ्य समस्या आइलाग्छन् । तर, यी फर्निचरमा पैदल घुमाउँदा तपाइलाई राम्रो शारीरिक व्याम पनि हुनेछ । कल सेन्टर, युनिभर्सीटी र लामो समय कम्प्युटर अगाडि बस्नेहरूले यस्ता फर्निचरमा बढि रुचि राखेको कम्पनीले जनाएको छ ।
बिजुलीको बिल पनि घट्ने, तन्दुरुस्ती पनि बढ्ने । घर, अफिसमा यस्तै फर्निचर जोड्ने हो कि?

wewatt2 wewatt1


क्लिकमान्डु