बेनीबजार भयो सोलारले झिलीमिली

क्लिकमान्डु २०७३ साउन ३१ गते १३:५७ मा प्रकाशित

solarम्याग्दी सदरमुकाम बेनीमा सौर्य सडक बत्ती जडान गरिएको छ । नगरलाई रातमा उज्यालो र सुरक्षित बनाउन सौर्य सडक बत्ती जडान गरिएको हो ।

रातको समयमा आवत–जावत गर्न सहज होस् भनेर बेनीको कालीपुलदेखि मङ्गलघाटसम्मको विभिन्न १८ स्थानमा सौर्य सडक बत्ती जडान गरिएको नगरपालिकाका सूचना अधिकृत इन्जिनियर विमल रञ्जन केसीले बताए ।

सात मिटर अग्लो खम्बामा सोलार प्यानल र ब्याट्रीमार्फत उज्यालो दिने गरी हेडलाइट जडान गरिएको छ । सौर्य सडक बत्ती जडानका लागि रु १८ लाख ३९ हजार १४० लागेको नगरपालिकाले जनाएको छ ।

यो वर्ष सुरु भएको सौर्य सडक बत्ती जडान कार्यक्रम आगामी वर्षदेखि नगरपालिकाका सबै क्षेत्रमा विस्तार गरिने नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले बताए । सौर्य सडक बत्ती जडानका लागि स्थानीय विकास मन्त्रालयले ६५ प्रतिशत, नगरपालिका कोषमार्फत २० प्रतिशत अनुदान र उपभोक्तामार्फत १५ प्रतिशत लगानी भएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स