यस्ता छन् एलजी सुपर एचडी टिभीका विशेषता
एलजीको सुपर युएचडी टिभी अरु टिभीको तुलनामा सर्वोत्कृष्ट र फाइदाकारी रहेको दाबी छ । कम्पनीका अनुसार अन्य टिभीको तुलनामा एलजीको सुपर युएचडी टिभीमा एचडीआरसँगै डब्लि भिजन आउने छ ।
कम्पनीले जनाएअनुसार अन्य टिभीमा साधारण स्पिकर हुने गरेकोमा यसमा उच्च गुणस्तरीय हार्मन र कार्डनद्धारा डिजाइन गरिएको छ । यसमा आपिएस ४ के क्वान्टम डिस्प्ले र अर्बौ रंग देखिने भएकोले तस्विरलाई वास्तविक देखाउने कम्पनीले बताएको छ ।
अरु टिभी स्मार्ट मात्रै भएको दाबी गर्दै एलजीले म्याजिक रिमोट भएको वेभओएस ३.० भएको जनाएको छ । यो टिभी ३डी समर्पित भएको कम्पनीले बताएको छ ।