ट्याक्सीमा वाईफाई, निशुल्क चाँही होइन



taxi

ट्याक्सीमा पनि फ्री वाइफाई ? हो अब यो पनि आवश्यकता बनिसक्यो । राजधानीमा गुडिरहेको एउटा ट्याक्सीको पछिल्लो भागमा फ्री वाइफाई लेखेर बिज्ञापन गरेको देखियो । यात्रुहरु अब ट्याक्सी चढ्दा पनि फ्री वाइफाई खोज्ने भएका छन् । यद्यपि सो ट्याक्सीमा फ्री वाइफाईकै व्यवस्था भने छैन ।

बा २ ज ११३४ का ट्याक्सी चालक तपन सुनारले यात्रुको चाहना त्यतातिर ढल्केको र सबैतिर फ्री वाइफाईको लहर चलेकाले मात्र यस्तो लेखेको बताएका छन् । तर उनले फ्री वाइफाई राख्नका लागि तयारी भने गरेका छन् । उनले यसका लागि नेपाल टेलिकमले उपलब्ध गराउने वाइम्याक्स सेवामार्फत फ्री वाइफाई उपलब्ध गराउने योजना बनाएका छन् ।

मोरङको पथरी घर बताउने तपनले धेरैजसो काठमाडौंको पेप्सीकोलामा आफ्नो ट्याक्सी राख्छन् र यात्रुको चाहना अनुसारको स्थानमा पु¥याएर उनीहरुको सेवा गर्छन् ।


क्लिकमान्डु