नेपाल लघु वित्त बैंकर्स संघको अध्यक्षमा बसन्तराज लम्साल निर्वाचित
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष बसन्तराज लम्साल निर्वाचित भएका भएका छन् ।
संघको १३ औं अधिवेशनले लम्साललाई आगामी २ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो । उनी विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् ।
यसैगरी अधिवेशनले फष्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीलाई उपाध्यक्षमा र ओमेन माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रवेश आचार्य सचिवमा निर्विरोध चयन गरेको छ ।
महासचिव र कोषध्यक्ष भने सर्वसम्मततको लागि छलफल भइरहको छ ।
त्यस्तै, ६ जना सदस्यमा स्ववलम्बन लघुवित्तका भोजराज बस्याल, सबैको लघुवित्तका केशब पौडेल, समिट लघुवित्तका देबेन्द्र बहादर बस्नेत, कालिका लघुवित्तका मिनबहादुर बोहोरा, फरवार्ड कम्युनिटीका आस नारायण चौधरी र इन्द्रकुमार बानियाँ निर्वाचित भएका छन् ।
संघको अन्य पदमा भने चुनाव भइरहेको छ ।