आकर्षक सुविधा र ब्याजदरमा घर र सेयर किन्न मुक्तिनाथ विकास बैंकले नयाँ योजना ल्यायो

5k
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ्ग गर्न वा सोही प्रयोजनका लागि घडेरी खरीद गर्नका लागि आवश्यकता अनुसारको आवास कर्जा प्रदान गर्नका लागि ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस नगद फिर्ता’ भन्ने मुलनाराका साथ आवास कर्जा सञ्चालनमा ल्याएको छ ।

उक्त आवास कर्जा आकर्षक ब्याजदरमा २० बर्षको लागि लिन सकिनेछ । यसका साथै, बैंकले पुँजीबजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा पनि सञ्चालन गरेको छ । यो कर्जा, धितो राखेको सेयरको ६५ प्रतिशतसम्मको कर्जा १ वर्षका लागि लिन सकिनेछ ।

बैंकले देशैभरी १ सय १९ वटा शाखा, २५ वटा एटीएम र करिब ७ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालैमात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

Skip This