साउनदेखि तलब लिन प्यान अनिवार्य, यसरी लिनुहोस् प्यान



काठमाडौं । सरकारले साउनदेखि कुनैपनि कम्पनी तथा र्फम तथा निकायले स्थायी लेखा नम्बर(प्यान) बिना तलब दिन रोक लगाएको छ ।

आर्थिक विधेयकमा तलब दिदा प्यान नभएका कर्मचारीलाई दिदा खर्च कट्टी गर्न नपाउने उल्लेख गरेको छ ।

कम्पनी तथा फर्मले कर्मचारीलाई दिने तलब खर्च हो । लेखापरिक्षणको क्रममा यसलाई खर्चमा लेख्ने गरिन्छ ।

आर्थिक विधेयकमा भएको संसोधनले प्यान बिना दिएको तलबलाई खर्चमा उल्लेख गर्न नपाउने व्यवस्था गरेको छ ।

अर्थात कुनैपनि कम्पनी तथा फर्मले साउनदेखि कर्मचारीलाई तबल बैंक खाता मार्फत दिनुपर्छ । त्यसमा प्यान नम्बर उल्लेख हुनुपर्छ ।

यसरी प्यान नम्बर उल्लेख भएपछि व्यक्तिले बुझेको पारिश्रमिकमा कति कर तिरेको छ त्यसको यकिन जानकारी सरकारलाई हुन्छ । रोजगारदाताले हरेक महिना यसरी कर्मचारीलाई दिएको तलबसँगै उनीहरुको प्यान नम्बर राखेर कर तिर्नुपर्ने हुन्छ । जसले जति तलब बैंकबाट बुझेको छ त्यती नै कर तिर्ने छ ।

अहिलेसम्म करिब ९ लाखजनाले व्यक्तिगत तर्फ प्यान लिएका छन् । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको आर्थिक गणनामा देशभरमा ९ लाख २३ हजार ३५६ प्रतिष्ठान रहेका छन् । जसमा आधामात्र सरकारी निकायमा दर्ता छन् ।

ती प्रतिष्ठानले ३२ लाख २८ हजार ४७५ जनालाई रोजगारी दिएको सर्वेक्षण तथ्यांक विभागले सार्वजनिक गरेको थियो । विभागबाट व्यक्तिगत तर्फ प्यान लिएको संख्याले अझै ७० प्रतिशत रोजगारीमा रहनेले प्यान नलिएको देखिन्छ ।

निजी क्षेत्रका संघ संस्थाले प्यान अनिवार्य गर्ने विषयलाई कार्यान्वयन नगर्न सुझाव भने दिएका थिए । सरकार यो निर्णयबाट पछाडि हट्ने छैन । बुधबारदेखि नयाँ आर्थिक वर्ष सुरु हुने भएको हुँदा सो व्यवस्था अनिवार्य रुपमा लागु हुने छ ।

कसरी लिने प्यान


क्लिकमान्डु