रामेछापमा साढे ५७ मेगावाटको नुप्चे–लिखु आयोजना बन्ने



काठमाडौं । रामेछापको उमाकुण्ड गाँउपालिकामा ५७.५ मेगावाट क्षमताको नुप्चे लिखु जलविद्युत आयोजना निर्माण हुने भएको छ । आयोजनाले वातावरणीय प्रभाव मूल्याङकनको लागि सरोकार भएकालाई आवश्यक सुझाव दिन आग्रह गरेको छ । भिजन इनर्जि एण्ड पावर प्रालिले निर्माण गर्ने उक्त आयोजनामा लुप्ते र लिखु नदिको पानी प्रयोग गरिने कम्पनीले जनाएको छ ।
आयोजनामा ६ मटिर ब्यास भएको ३३ मिटर उचाईको सर्ज साफ्ट, १ हजार ३ सय ७८ मिटरको पेनस्टक पाइप रहने छ । ५५ मिटर लामो र २ मिटर चौडाइ तथा २५ मिटरको उचाईबाट पानी खसाली ३ वटा पेल्टन टर्वाइनबाट ५७. ५ मेगावाट विद्युत उत्पादन गरिने छ । आयोजनाले २९.५ किलोमिटर पहुँचमार्ग निर्माण गर्ने जनाएको छ ।
आयोजनाको लागि ३० हेक्टर जग्गा आवश्यक पर्ने छ । त्यसमो १४.६९ हेक्टर जग्गा वन क्षेत्रको र स्थानीय ५ परिवारको ०.२९५ हेक्टर जग्गा प्रयोग गर्ने आयोजनाले जनाएको छ । आयोजना सञ्चालनको क्रममा ७ हजार १ सय ९७ रुख काटिनेछन् ।


क्लिकमान्डु