सेञ्चुरी बैंकमा १६९ जनाका लागि जागिर खुल्यो
काठमाडौं । सेञ्चुरी बैंकले विभिन्न तहमा १६९ कर्मचारी माग गरेको छ । जुलाई १७ सम्म आवेदन दिन सक्ने गरी बैंकले कर्मचारी माग गरेको हो ।
बैंकले धनगढीका लागि १ जना डिपुटी म्यानेजर, सुर्खेतका लागि १ जना असिस्टेन्ट म्यानेजर, केन्द्रीय कार्यालयका लागि १ जना अफिसर माग गरेको छ ।
त्यस्तै, केन्द्रीय कार्यालयकै लागि १ जना असिस्टेन्ट अफिसर, १ जना आईटी सुपरभाइजर, ३ जना आईटी सिनियर असिस्टेन्ट, १ जना आईटी सिस्टमका लागि सिनियर असिस्टेन्ट माग गरेको छ ।
बैंकले ३० जना म्यानेजमेन्ट ट्रेनी, ५ जना जुनियर असिस्टेनट र १२५ जना ट्रेनी असिस्टेन्ट माग गरेको हो ।