माछापुच्छ्रेबाट बाहिरिएका निरज श्रेष्ठ सनराइजको सिइओ नियुक्त
काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त भएका छन् ।
संचालक समितिको बैठकले श्रेष्ठलाई सिइओ पदमा नियुक्त गरेको हो ।
सनराइजमा सिइओ रहेको रत्नराज बर्जाचार्यको कार्यकाल सकिएपछि बैंक नयाँ सिइओको खोजीमा थियो ।
माछापुच्छ्रेमा एक वर्ष अगाडि कार्यकाल पुरा नगरी श्रेष्ठ बाहिरिएका थिए । तत्कालिन ग्रिनजेज बैंकबाट बैकिङ करिअर सुरु गरेका श्रेष्ठले ग्लोबल आइएमई र एनआईसी एशिया बैंकमा समेत काम गरेका थिए ।