जेट एयरवेयज बचाउनको लागि ‘रोजा’ योजना



खराब वित्तीय संकटमा फसेको जेट एयरवेयज बचाउनको लागि नयाँ योजना तयार भएको छ ।

जेट एयरवेयजका कर्मचारी तथा व्यवसायिकको एउटा समुहले जेटलाई पुनः सुचारु गर्नको लागि जेट एयरलाइन्सको कर्जादातालाई ‘रिभाइवल अफ जेट एयरवेयज’ अर्थात ‘रोजा’ योजनाको प्रस्ताव पेश गरेका छन् ।

व्यवसायिक समुहले प्रमुख ऋणदाता एसबिआई,आईसीआईसी बैंक र पंजाव नेशनल बैंक समेत एयरलाइन्सका प्रमुख कर्जादातासँग ‘रोजा’ प्रस्ताव राखेका हुन् ।
योभन्दा अगाडि जेट एयरवेयजका कर्मचारीले एउटा समुहले ३० अर्ब भारतीय रुपैयाँ जुटाउने प्रस्ताव राखेका थिए ।

जेट एयरवेयज बचाउन कर्मचारीले जुटाए ३० अर्ब भारतीय रुपैयाँ, उद्दार कति सम्भव ?

जेट एयरवेयजलाई ऋण दिएका बैंकहरुले जेट सुचारु गर्नको लागि लिवरेन्ड बाइ आउन प्लान(एलबिओ) तयार पारेका थिए ।

शंकरन पी रघुनाथनको नेतृत्वमा व्यवसायिक समुह तथा पाइलट इन्जिनियर तथा कर्मचारी युनियन र बैंक समेत विभिन्न हितधारकले एयरलाइन्स पुनः सुचारु गर्ने प्रस्ताव राखेका हुन् ।

योजना अनुसार जेट एयरवेयज का कर्मचारीले पहिला कम्पनीको व्यवस्थापन नियन्त्रणमा लिने छन् । उनीहरुले अहिलेका कर्जादातासँग कर्जा लिएर कम्पनीमा लगानी गर्ने छन् । योजनामा बैंकले कर्मचारीलाई १५ अर्ब भारतीय रुपैयाँ कर्जा दिनसक्छ ।

स्पाइसजेटका अध्यक्ष भन्छन्ः जेट एयरवेयज बचाउने क्षमता छैन, टिकटको मूल्य घट्दैन

यो पर्सनल लोनको रुपमा प्रत्येक कर्मचारीको ६ महिनाको तलब हो । कर्मचारीको यो पैसाको प्रयोग एसबिआई कम्पनीको ५१ प्रतिशत हिस्सेदाी र इत्तिहातसँग १२.५ प्रतिशतको हिस्सेदारी खरिद गर्ने छन् । बाँकी २ अर्ब रुपैयाँ कम्पनीको नयाँ सेयरधनीलाई दिइने छ । यसरी कम्पनीको व्यवस्थापन जेट कर्मचारीसँग आउने छ ।
योजना अनुसार विमानमा यात्रा गर्नेसँगपनि पैसा जुटाइने उल्लेख छ ।

जेट एयरवेयजको उद्दारकर्ता मुकेश अम्बानी बन्ने, कति सम्भव ?

यसरी दुईवर्षमा १० हजार रुपैयाँ प्रतिटिकटको दरले चार टिकट खरिद गर्ने व्यक्तिलाई पर्सलन लोन दिनको लागि बैंकलाई तयार गरिने छ । यसरी टिकटको पूर्व बिक्रीबाट ८ अर्ब भारतीय रुपैयाँ जुटाउने प्रस्तावमा उल्लेख गरिएको छ ।

यसरी एयरलाइन्समा टिकट खरिद गर्नेलाई सेयरधनी बनाउने योजना समेत प्रस्तावमा राखिएको छ । टिकट खरिद गर्ने बरियताको आधारमा १५० रुपैयाँ प्रति सेयरको दरमा १०० सेयर बेचिने छ । जसबाट १२ अर्ब जुटाउने योजना छ ।

यसरी २० अर्ब रुपैयाँको प्रयोग ५ वर्षसम्म कम्पनीको पुँजी निर्माण र कर्जातिर्नको लागि प्रयोग गरिने छ । वित्तीय रुपमा टाट पल्टेको जेट एयरवेयजले १७ अप्रिलदेखि आफ्नो उडान रद्द गरेको छ । ऐजेन्सी


क्लिकमान्डु