जेट एयरवेयजको उद्दारकर्ता मुकेश अम्बानी बन्ने, कति सम्भव ?



मुम्बई । भारतीय वायुसेवा कम्पनी जेट एयरवेयज आर्थिक संकटमा फसेर उडान पूर्ण रुपमा स्थगित भएपछि यसको असर नेपालमा पनि छ ।

भारतमा २४ हजारजनाले आफ्नो प्रत्यक्ष रोजगारी गुमाएका छन् । नेपाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थदेखि सोल्टी होटलले लिनुपर्ने पैसा फसेको छ ।

नयाँ दिल्ली सहित मुम्बई र कलकत्ता गरेर दैनिक पाँच उडान गर्दै आएको जेट एयरवेयजको उडान स्थगित भएपछि हवाईजहाजको माध्यमबाट नयाँ दिल्ली तथा भारतीय सहरहरुमा जान अत्याधिक महंगो भएको छ ।

भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले जेट एयरवेयज खरिद गरेर यसलाई आर्थिक संकटबाट बचाउने खबर बाहिर आएको छ ।

जेट एयरलाइन्स बन्द हुँदा सोल्टी होटलको कति डुब्यो ? विमानस्थलले समेत पैसा लिन बाँकी

१ अर्ब अमेरिकी डलर ऋणमा रहेको जेट एयरवेयजमा हिस्सेदारी लिने विषयमा मुकेश अम्बानीले परामर्श गरेको भारतीय संचारमाध्यमहरुमा समाचार प्रकाशित छ ।
मिडिया रिपोर्टका अनुसार मुकेश अम्बानी आफ्नो कम्पनी रिलायन्स इडष्ट्रीबाट इत्तिहात एयरवेयज हुँदै जेटमा हिस्सेदारी लिन खोजेका छन् । जेटमा २४ प्रतिशत स्वामित्व युएईको इत्तिहातको रहेको छ ।

कम्पनीले जेट खरिदको विषयलाई लिएर इओआई जारी गरेको छ । मुकेश अम्बानी इत्तिहातबाट जेट एयरवेयजमा लगानी गर्न सक्छन् । यस्तो गर्दा इत्तिहातको स्वामित्व ४९ प्रतिशत पुग्छ ।

नयाँ दिल्ली जान हवाईजहाजको टिकट नै छैन, डेढ घण्टाको दुरी मलेसियाको बाटो हुँदै, मूल्य १ लाखसम्म

जेटसँगै मुकेशले कर्जामा डुबेको भारतीय सरकारी एयरलाइन्स इन्डियन एअरलाइन्सलाई समेत सेयर लगानी गर्न इच्छुक देखिएका छन् । गत बुधबारेखि जेटले आफ्नो सबै उडानहरु अर्को सूचना नआउदासम्मको लागि स्थगित गरेको छ ।
भारतको हवाई उड्यनको नियम अनुसार ४९ प्रतिशतसम्म विदेशी कम्पनीले सेयर खरिद गर्न सक्छन् । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको अहिलेसम्म हवाई उड्यनमा लगानी छैन ।


क्लिकमान्डु