नयाँ दिल्ली जान हवाईजहाजको टिकट नै छैन, डेढ घण्टाको दुरी मलेसियाको बाटो हुँदै, मूल्य १ लाखसम्म



काठमाडौं । भारतीय वायुसेवा कम्पनी जेट एयरवेयजले उडान स्थगित गरेसँगै काठमाडौंबाट नयाँ दिल्ली जानको लागि कुनैपनि टिकट उपलब्ध छैन ।

तपाई नयाँ दिल्लीबाट काठमाडौं आउन लाग्नु भएको छ या काठमाडौंबाट नयाँ दिल्ली जेट एयरवेयज उडान बन्द भएपछि टिकट पाइदैन ।

नयाँ दिल्लीमात्र नभएर भारतका शहरहरु कलकत्ता, मुम्बईमा समेत टिकट उपलब्ध भएको छैन ।

काठमाडौंबाट नयाँ दिल्लीसम्म जेट बाहेक नेपाल वायुसेवा निगम,इन्डियन एयरलाइन्सले उडान गर्दै आएका छन् ।

अहिले नयाँ दिल्ली जानको लागि मलेसिया, सिंगापुर हुँदै जाने टिकट मात्र उपलब्ध छन् । ट्राभल सम्बन्धित प्रख्यात वेवसाइट कम्पनीमा एक महिना पछाडिको मात्र टिकट उपलब्ध भएको देखिन्छ ।

जेटको उडान बन्द भएपछि भारतको आन्तरिक वायुसेवामा समेत टिकट दर अत्यन्त महंगो भएको छ । भारतीय संचारमाध्यमहरुले हवाई चप्पल लगाएर हिड्नेले अब हवाईजहाज चड्न नसक्ने अवस्थामा पुगेको बताएका छन् ।


क्लिकमान्डु